९ बैशाख २०८२, मंगलबार | April 22, 2025

प्रधानसेनापतिसँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंहले शिष्टचार भेटवार्ता गरेका छन् । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्नेलगायत विषयमा छलफल भएको थियो ।

साथै लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटवार्ता गरेका थिए । उनी नेपालको औपचारिक भ्रमणका लागि गत चैत २६ गते काठमाडौँ आएका हुन् ।

भ्रमणका दौरान उनले भारतीय गोर्खा सैनिक निवास, पेन्सन भुक्तानी कार्यालय, पोखरा र पेन्सन भुक्तानी कार्यालय, धरानको भ्रमण गरेको यहाँस्थित भारतीय दूतवासले जनाएको छ । साथै उनले काठमाडौँ, पोखरा र धरानमा नेपालमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक सम्मिलित ¥यालीलाई सम्बोधन गरेका थिए । लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति देखाएको समर्पित भावको कदर गरेका थिए । भूतपूर्व वीर गोर्खा सैनिकको अमूल्य त्याग एवम् बलिदानीको स्मरण गर्दै लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले गोर्खा सैनिकको कल्याणका लागि असम राइफल्स, भारतीय सेना तथा भारत सरकार सदैव प्रतिबद्ध रहने बताएका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ९ : ४६ बजे

मर्स्याङ्दी जलविद्युतबाट प्रभावित उन्नाइस परिवालाई मुआब्जा वितरण

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रबाट प्रभावित

खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ

भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टर आज नेपाल आउँदै

काठमाडौं । भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ ।

जुम्लामा आजदेखि हिमाली संवाद हुँदै

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा आजदेखि सुरु हुने हिमाली