२० चैत्र २०८१, बुधबार | April 2, 2025

नाउपाका कैलाश चौधरीले पनि पेश गरे मुख्यमन्त्रीमा दाबी



धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीले दाबी पेस गरेका छन् । उनलाई माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको दाबि पेश गरिएको छ ।

केन्द्रको सत्ता समीकरणको उम्मेदवारको रुपमा उनले मुख्यमन्त्रीमा दाबि पेश गरेका हुन् । यसअघि आजै नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनसहित नाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक तथा एक स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ४ : ०३ बजे

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावातबीच भेटवार्ता

बैङकक, २० चैत स् थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी

रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छ : राष्ट्रपति

काठमाडौ्र । राष्ट्रपति रामचन्द्र पौडेलले यसै वर्ष सार्वजनिक सेवा प्रसारण

सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा

प्रेस सेन्टर नेपाल : लोकतान्त्रिक अभ्यास, नयाँ नेतृत्व र आगामी कार्यदिशा

प्रेस सेन्टर नेपालको पाँचौं महाधिवेशन २०८१ चैत्र १६ र १७

अन्तरिक्षमा कहाँबाट आउँछन् अनौठो रेडियो सिग्नल, वैज्ञानिकले पत्ता लगाए रहस्य

काठमाडौं। अन्तरिक्षबाट आउने रहस्यमय रेडियो सिग्नलहरूले सधैं वैज्ञानिक र आम