३० चैत्र २०८१, शनिबार | April 12, 2025

भोलीदेखि भगवानबहाल बाहेक ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने



काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको भगवानबहाल क्षेत्रबाहेक अन्य क्षेत्र बैशाख १ गते भोलीदेखि चौबिसै घण्टा खुल्ने भएको छ ।

ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गरी ठमेलको भगवानबहाल क्षेत्रमा स्थानीय बसोबास गर्दै आइरहेकाले सो क्षेत्रलाई छाडेर अन्य क्षेत्र २४ सै घण्टा सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलभित्र रोजगारी सृजना गर्दै व्यवसायलाई चलायमान बनाउनका लागि ठमेल र दरबारमार्गलाई २४ सै घण्टा सञ्चालन गर्न लागेको जानकारी दिए । “जिल्ला प्रशासन कार्यालय काठमाडौंको आचारसंहिता बमोजिम कानुनको परिधिमा रहेर ठमेल र दरबारमार्गलाई २४ सै घण्टा सञ्चालन गर्न लागिएको हो”, उनले भने ।

अध्यक्ष शर्माले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुलाउन स्थानीय, प्रदेश र केन्द्र सरकारका सुरक्षा निकायसँग सहकार्य गरिसकेकाले ढुक्क भएर व्यापार व्यवसाय गर्न सबै व्यवसायीलाई आग्रह गरे । ठमेलभित्र आठ हजार पाँच सय व्यवसायी र ६० हजार बढीले रोजगार पाएको उनको भनाइ छ ।

दरबारमार्ग विकास बोर्डका अध्यक्ष सञ्जय अधिकारीले ठमेल र दरबारमार्ग क्षेत्रलाई स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनाउन २४ सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिए । उनले दरबारमार्गलाई लामो समयदेखि २४ सै घण्टा खुलाउन प्रयास गरे पनि उक्त प्रयासले भर्खर मात्र सार्थकता पाएको बताए । महेन्द्र शालिकबाट नारायणहिटी दरबार सङ्ग्रहालयसम्म खुला हुने दरबारमार्गमा दुई सय व्यवसायी र छ हजार व्यक्तिले रोजगार पाएको उनको भनाइ छ । सहरको वातावरणलाई पर्यटकको अनुकूल बनाउँदै जानसके मात्र लगानी अनुरुप प्रतिफल प्राप्त गर्न सकिने पत्रकार सम्मेलनमा बताइएको छ ।

ठमेल र दरबारमार्गबाट सुरु भएको २४ घण्टा सञ्चालन गर्ने अभियानलाई विस्तारै देशका विभिन्न सहरमा लगिने विश्वास उनले व्यक्त गरे ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ७ : १७ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको