९ बैशाख २०८२, मंगलबार | April 22, 2025

गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्छ : मुख्यमन्त्री खगराज अधिकारी



पर्वत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आफू नेतृत्वको गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्ने दाबी गर्नुभएको छ ।

नेपाल कम्युुनिष्ट पार्टी (एमाले) पर्वतको दशौँ जिल्ला अधिवेशनलाई आज कुश्मामा सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले अहिलेको नयाँ गठबन्धन कुनै हालतले छिन्नभिन्न नहुने भन्दै यो सरकार चार वर्षसम्मै टिक्ने दाबी गरे ।

फाइदाका लागि मात्र गठबन्धन गर्नु उचित नहुने भन्दै मुलुक बनाउनका लागि गठबन्धनमा सामेल भएका सबै दल एकजुट भएको उनको भनाइ छ । मुख्यमन्त्री अधिकारीले केही दिनमै गण्डकी प्रदेश सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरे। उनले सरकारलाई पूर्णता दिएर विश्वासको मत लिने र आफूले विश्वासको मत पाउनेमा कुनै शङ्का नरहेको पनि उनको भनाइ रहेको छ ।

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको पहिलो गण्डकी सरकारले थालेका अधुरा कामलाई आफूले पूर्णता दिने उनेले बताए। ‘समृद्ध प्रदेश सुखी प्रदेशवासी’ भन्ने मूल नारालाई पूर्णता दिन गण्डकी प्रदेश सरकारले अहोरात्र खटेर काम गर्ने उनको भनाइ थियो ।

संविधान अनुरुप नै नयाँ सरकार गठन भएकाले यसलाई असंवैधानिक भन्नु गलत भएको भन्दै उनले कार्यकर्तालाई निराश नभइ सरकारलाई सक्दो सहयोग र हौसला प्रदान गर्नसमेत आग्रह गरे ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ४ : १९ बजे

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ ।

जुम्लामा आजदेखि हिमाली संवाद हुँदै

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा आजदेखि सुरु हुने हिमाली

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसमा एमालेले आज विशेष कार्यक्रम गर्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले मङ्गलबार नेपाल कम्युनिस्ट

आजको मौसम : यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावले अहिले कोशी

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै