३० चैत्र २०८१, शनिबार | April 12, 2025

गृहमन्त्री लामिछानेद्वारा सशस्त्र प्रहरीको गोदाम आगलागी स्थलको निरीक्षण



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंको चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) आगलागी भएको स्थलको अवलोकन गरेका छन् ।

उनले आसपासका बस्तीमा रहेको सीसी क्यामेराबाट जाँच गर्न समिति बनाउन सुझाव दिएका छ । अहिले दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगो नियन्त्रणका लागि नौ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले विद्युत् चुहावट भएर आगो लागेको प्रारम्भिक जानकारी पाएको बताए । उनका अनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा नौ सदस्यीय छानबिन समिति गठन गरिएको छ । बस्तीबीचमा रहे तापनि आसपासमा घर सुरक्षित रहेको उनले जानकारी दिए

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ८ : ४० बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको