२८ पुस २०८१, आइतबार | January 12, 2025

अनुदानमा कृषकलाई गोलासहितको मौरीघार



रुकुमपश्चिम । कृषि विकास कार्यालय रुकुमपश्चिमले किसानलाई गोलासहितको मौरी घार वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटबाट ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको हो ।

जिल्लाका त्रिवेणी, सानीभेरी गाउँपालिका तथा मुसीकोट नगरपालिकाका ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको कृषि विकास कार्यालय रुकुमपश्चिमका प्राविधिक सहायक महेश चन्दले जानकारी दिए । उनका अनुसार प्रत्येक कृषकलाई एक/एक वटाका दरले गोलासहितको मौरी घार वितरण गरिएको हो ।

साथै टोपी, कुइँगेट र पञ्जा ७०/७० वटा वितरण गरिएको छ । कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा कृषकलाई मौरी घारसहित अन्य सामग्री वितरण गरिएको प्राविधिक सहायक चन्दले जानकारी दिए । उनका अनुसार गोलासहितको घारलाई रु नौ हजार परेकामा चार हजार पाँच सय अर्थात् ५० प्रतिशत कृषकको लगानी रहेको छ ।

आठबिसकोट नगरपालिका-११ डाँडागाउँबाट गोलासहितको मौरी घार ल्याएर कृषकलाई वितरण गर्न लागिएको हो । बाँकी छुटेका ४० जना कृषकलाई केही दिनमा सल्यानबाट मौरी घार ल्याएर वितरण गरिने प्राविधिक सहायक चन्दले बताए । अनुदानमा कृषकलाई मौरी घार वितरण गर्न कृषि विकास कार्यालयले पाँच लाख बजेट विजियोजन गरेको जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  २ : ०० बजे

आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन

पर्वत । चुत्रो प्रशोधन गरी आयुर्वेदिकऔषधि बनाउन चुत्रो प्रशोधन उद्योग

प्रथम मेयर कप भलिबल प्रतियोगिता सुरु

बुटवल । माघे संक्रान्तिको अवसर बुटवलमा शुरु भएको प्रथम मेयर

पूर्वी चितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए

चितवन । पूर्वी चितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष

रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

काठमाडौं । तीन दिनअघि मात्र पोखरामा प्रहरी हिरासतबाट मुक्त भएका

सखरखण्ड र पिँडालुको मूल्य उच्च, अन्य तरकारी फलफूलको मूल्य कति ?

काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि