२८ मंसिर २०८२, आइतबार | December 14, 2025

बिस्केट जात्रा व्यवस्थित ढङ्गले सञ्चालन गर्न छलफल



भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिस्केट जात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्न सम्बन्धित निकाय र सरोकारवालासँग छलफल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा प्रहरी, सरकारी कार्यालयका प्रमुख, गुठी संस्थान, जात्रा सञ्चालक, राजनीतिक दलका प्रतिनिधि, स्थानीय क्लब र सरोकारवाला सहभागी बैठकले निर्वाध जात्रा सम्पन्न गर्न विविध निर्णय गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले जात्रा अवधिभरि मदिरा बिक्री गर्ने पसल पूर्णरुपमा बन्द गराउने निर्णय भएको छ ।
जात्रा सञ्चालन हुने मुख्य सडक र चोकमा ‘सिसी क्यामरा’ जडान गरिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए। जात्रा बिथोल्नेलाई कडा कारबाही हुने चेतावनी दिँदै उनले भने, “हामीले गत वर्षको जात्रामा ढुङ्गा हान्दै गरेको भिडियो चोकचोकमा सार्वजनिक गरेका छौं, जात्रा बिथोल्न खोज्ने भिडियोमा देखिन्छन्, यस वर्ष पनि भिडियो खिचेर  सार्वजनिक गर्छौं ।”
बिस्का जात्रा अवधिभर नगर क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी परिसर भक्तपुरलगायत सुरक्षा निकायले गर्ने, बिस्का जात्रासम्बन्धी सम्पूर्ण पूजाआजा र जात्रा समयमै सुरु र सम्पन्न गर्न आवश्यक तयारीको लागि गुठी संस्थान शाखा कार्यालय, भक्तपुरले गर्ने, जात्रासँग सम्बन्धित पूजाआजा र आवश्यक तयारीको लागि भैल नायोहरु, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयले गर्ने भएको छ ।
बिस्का जात्रा सञ्चालन हुने नगरका सम्पूर्ण क्षेत्रका तार, केबल र फाइबर नेटका केबल सम्बन्धित सेवाप्रदायकले व्यवस्थापन गर्ने, जात्रा सञ्चालन हुने दिनमा नगरका सम्पूर्ण अस्पतालमा रहेका एम्बुलेन्स, दमकल तथा विपद् पूर्वतयारीका उपकरण तयारी अवस्थामा राख्ने तथा नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आवश्यक व्यवस्थापन गर्ने प्रबन्ध मिलाइएको छ । चैत ३०, वैशाख १ र ५ गते भीड हुने स्थानमा नेपाल स्काउटबाट स्वयम्सेवक परिचालन गरिनेछ ।
रासस

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  १० : २९ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई