२३ भदौ २०८१, आइतबार | September 8, 2024

भारतमा १३ जना माओवादीको मृत्यु



नयाँदिल्ली । मध्य भारतमा भएको झडपमा कम्तीमा १३ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ । छत्तीसगढ राज्यको बिजापुर जिल्लाको दुर्गम जङ्गलमा मङ्गलबार सुरक्षा बलसँग गोली हानाहान भएको थियो ।

स्थानीय प्रहरी प्रमुख पी सुन्दरराजले अधिकारीहरूले राइफल, मेसिन गन र गोलाबारुद ठूलो परिणममा जफत गरेको बताएका छन । मृतकहरुको पहिचान हुन बाँकी रहेको बताउँदै सुन्दरराजले मृतकमध्ये तीन जना महिला रहेको बताएका छन ।

प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस वर्ष भारतमा ५० जना भन्दा बढी माओवादी मारिएका छन् जसमध्ये सबैभन्दा बढी ४६ जना छत्तीसगढमा र अन्य चार महाराष्ट्र राज्यमा मारिएका छन् ।

मध्य, दक्षिणी र पूर्वी राज्यहरूमा फैलिएको विद्रोही बहुल “रेड करिडोर“ मा माओवादी विद्रोहीहरूसँग लड्न भारतले दशौँ हजार सुरक्षाकर्मी तैनाथ गरेको छ ।

नक्सलवादी भनेर चिनिने र ग्रामीण गरिबहरूका लागि लडिरहेका विद्रोहीहरूले सन् १९६७ देखि छापामार आक्रमण गरिरहेका छन् ।

भारत सरकारले दुर्गम क्षेत्रहरूमा पूर्वाधार विकासमा लाखौं डलर खर्च गरेको छ । सन् २०१० मा ९६ जिल्लामा फैलिएको माओवादी प्रभाव सन् २०२३ मा ४५ जिल्लामा सीमित भएको छ ।

सरकारी तथ्याङ्क अनुसार गत दशकमा मारिएका विद्रोहीहरूको वार्षिक सङ्ख्या दुई तिहाइभन्दा बढीले घटेको छ । भारतमा आगामी अप्रिल १९ देखि लोकसभाका लागि छ हप्ता लामो आमनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ५ : २३ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर