हेटौडा । बाग्मती प्रदेशसभाको बैठक बस्दैछ । सो बैठक प्रदेशसभा भवन, हेटौडामा बस्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी यसअघि नै दिएका हुन ।
उनका अनुसार आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने छ ।
बाग्मती प्रदेश सरकारलाइ दिएको समर्थन फिर्ता लिदैँ नेपाली कांग्रेस सरकारवाट बाहिरिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन ।
सो प्रदेशसभामा ११० सदस्य रहेका छन । बागमती प्रदेशसभामा सत्तापक्षबाट नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन् भने प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाको ३ सदस्य रहेका छन् ।
प्रतिक्रिया