२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

गुल्मीमा भेटिए तीन सय पाँच प्रजातिका चरा



गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र आजभोलि दुर्लभ चराहरुको मुख्य आश्रयस्थल बनेको छ । यस क्षेत्रमा विश्वमा पाइने दुर्लभ चरामध्ये छ प्रजातिका चराहरु पाइन्छन् ।

रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा दुर्लभ चराको बासस्थान रहेको नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए । उनका अनुसार दुर्लभ प्रजातिका चरामध्ये रेसुङ्गा क्षेत्रमा चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिल छन् । रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने काँडे भ्याकुर पाइने परियोजना अधिकृत पन्थीले बताउनुभयो । उहाँका अनुसार नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशत चरा रहेका छन् ।

पन्छी संरक्षण सङ्घले गरेकोे चरा गणनाअनुसार रेसुङ्गा क्षेत्रमा दुई सय ५९ प्रजाति र मदाने क्षेत्रमा दुई सय ७२ प्रजातिका चरा फेला परेका परियोजना अधिकृत पन्थीले जानकारी दिए । जिल्लाका दुईवटा वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो अध्ययनअनुसार दुवै क्षेत्रमा गरी तीन सय पाँच प्रजातिका चरा भेटिएका भन्दै यो सङ्ख्या नेपालमा पाइने प्रजातिमध्येको ३५ प्रतिशत रहेको उनले बताए ।

विश्वमा नेपालमा मात्र पाइने काँडेभ्याकुर रेसुङ्गा वन क्षेत्रमा मात्र पाइने भएकाले यसको संरक्षण निकै चुनौतीपूर्ण बन्दै गएको सरोकारवाला बताउँछन् । यो प्रजाति अति सङ्कटापूर्ण अवस्थामा रहेकाले यसको बासस्थानलाई जोगाई राख्नुपर्नेमा यहाँका सरोकारवालाले जोड दिएका छन् ।

पन्छी संरक्षण सङ्घले जिल्लामा जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराको खोजी गर्दै आइरहेको छ । यस कार्यक्रमले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वनजङ्गलको संरक्षण र संवर्द्धनसँगै आर्थिकोपार्जनसँग जोडिने काम गरिरहेको छ ।

गुल्मीलाई भविष्यमा चरा पर्यटकका रुपमा विकास गर्नका लागि पनि वन, जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा स्थानीय तहबाट आवश्यक सहयोग पु-याउन रेसुङ्गा नगरपालिका सधैँ तयार रहेको नगर प्रमुख खिलध्वज पन्थीले बताए। दुर्लभ प्रजातिका चरा संरक्षणका लागि मुख्य चुनौतीका रुपमा बासस्थान, खानेपानीको अभाव रहेको उनको भनाइ छ ।

अतिरिक्त वन–डढेलो, विद्युतीय प्रसारण लाइन र वन्यजन्तु एवं चराचुरुङ्गीको अवैध सिकारलगायत कारणले दुर्लभ प्रजातिका चरा संरक्षण चुनौतीपूर्ण बन्दै गएको पन्छी संरक्षण सङ्घले जनाएको छ । सङ्घले विगत छ वर्षदेखि डिभिजन वन कार्यालय गुल्मीसँग सहकार्य गरी चरा संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ ।
रासस

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  २ : १२ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको