११ माघ २०८१, शुक्रबार | January 25, 2025

आइपिएलमा सनराइजर्सको किर्तिमानी ब्याटिंग



काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादले नयाँ किर्तिमान बनाएको छ ।

सनराइजर्सले मुम्बई इण्डियन्सविरुद्ध कीर्तिमानी २७७ रन बनाएको छ । टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ३ विकेट गुमाउदै २७७ रन बनाएको छ ।

सनराइजर्सका लागि हेइनरिक क्लासेनले सर्बाधिक ३४ बलमा ८० रन अविजित बनाएका थिए । त्यसैगरी अभिषेक शर्माले २३ बलमा ६३ र ट्राभिस हेडले २४ बलमा ६२ रन बनाएका थिए । त्यसैगरी एडन मार्क्रमले २८ बलमा अविजित ४२ रन बनाएका थिए ।

मुम्बईका लागि हार्दिक पाण्डेय, गेराल्ड कोत्जे र पियुष चावलाले एक एक विकेट लिएका थिए ।

सनराइजर्सले आइपिएलको इतिहासमा अहिलेसम्मको सर्बाधिक टोटल बनाएको छ । यस अघि आइपिएलमा २०१३ मा रोयल च्यालेन्जर्स बैंगलुरुले पुने वारियर्सविरुद्ध २६३ रन बनाएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १० : १५ बजे

पर्वतको मोदी केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्यूडको भूकम्प

काठमाडौं। आज साँझ पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

साहित्यकार श्रेष्ठ एक लाख नगदसहित पुरस्कृत

म्याग्दी । बेनीका साहित्यकार अजयमिलन श्रेष्ठलाई आज रू एक लाख

‘सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहकारी ठगी

भारतमा भएको रेल दुर्घटनामा सात नेपालीको मृत्यु, नेपाल सरकारद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले यही माघ ९ गते भारतको महाराष्ट्र

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल