२८ मंसिर २०८२, आइतबार | December 15, 2025

कर्तव्य ज्यान मुद्धाका फरार मल्लाह १८ वर्ष पछी पक्राउ



बुटवल । रुपन्देही प्रहरीले हत्या गरेर फरार भएका एकजना अभियुक्तलाई घटना भएको १८ वर्षपछि पक्राउ गरेको छ । ६२ सालमा हत्या गरेर फरार रहेका रुपन्देही साविक गंगोलिया गाविस वडा नं ०५ हाल तिलोत्तमा नगरपालिका वार्ड नं. १७ दरखसवाका रामपृत मल्लाहलाई प्रहरीले आज पक्राउ गरेको हो । भारतबाट नेपाल आउँदै गरेका मल्लाहलाई बेलहिया नाकाबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ६२ साल पुस ९ गते मध्यराती साविक गंगोलिया वडा नं ०५ हाल तिलोत्तमा नगरपालिका वार्ड नं. १७ दरखसवा बस्ने जंग बहादुर यादवलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा गोली हानी हत्या गरी मल्लाह सहितको समुह फरार भएका थिए । रातीको २ बजेको समयमा मल्लाह लगाएतका व्यक्तिहरुले यादवलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा गोली हानी हत्या गरी फरार रहेको भन्ने घटना सम्बन्धमा सोही समय देखी फरार रहेका कसूरदारहरुलाई खोज तलास एवम् अनुसन्धान गर्दै सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया स्थित भारतबाट नेपाल तर्फ आउने क्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले घटनाको १८ बर्ष पछी पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले बताए ।

पक्राउ परेका मल्लाहलाई रुपन्देही जिल्ला अदालत रुपन्देहीमा पेश गरेकोमा अदालतको आदेशले दिन १० म्याद थप गराई इलाका प्रहरी कार्यालय बुटवलबाट अनुसन्धान भइरहेको डीएसपी भट्टले बताए । ३४ वर्षको उमेरमा हत्यामा संलग्न भएका मल्लाह ५२ वर्ष हुँदा पक्राउ परेका हुन् ।

जग्गाको सिमा विवादमा आपसी झगडा हुँदा रिस साँधेर बसेका मल्लाहले ६२ पुस ९ गते मध्यराती यादवलाई गोली प्रहार गरि फरार भएको प्रहरीको भनाई छ । घटनापछि भारतको ग्रामिण वस्तीमा खेती किसानी गरि बस्दै आएका मल्लाह आज नेपाल प्रवेश गरे लगत्तै पक्राउ परेका हुन् । मल्लाहले आफ्नो परिवार समेतलाई भारतमै लगेर बसालेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १० : ४८ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर