२८ कार्तिक २०८१, बुधबार | November 13, 2024

आज तराई-मधेसका जिल्लामा होली मनाइँदै



काठमाडौं । रङहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा सोमबार हर्षोलासपूर्वक मनाइँदैछ । पहाडी जिल्लामा आइतबार नै फागु पूर्णिमा अर्थात् होली मनाइए पनि तराई-मधेसका जिल्लाहरूमा भने आज होलि मनाउन लागिएको हो ।

होलीका अवसरमा सरकारले आज तराई-मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउँदैछन् ।

होली पर्वको आफ्नै धार्मिक, सांस्कृतिक र सामाजिक महत्व छ । दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको खुसियालीमा होली मनाउने गरिन्छ ।

परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउँछ । होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ ।

भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक-फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेसमा ‘होली’ भनिन्छ ।

मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ । होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ६ : ५६ बजे

सुर्खेतको देउती बज्यै मन्दिरकी पुजारी मृत फेला

सुर्खेत । सुर्खेतको चर्चित धार्मिक पीठ देउती बज्यै मन्दिरकी पुजारी

संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दैछ

कोप-२९ : राष्ट्रपति पौडेलद्वारा उच्चस्तरीय सत्र सञ्चालन हुने

अजरबैजान । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२९) मा सहभागी

बाँकेमा कोदोखेतीको सफल परीक्षण

बाँके । बाँकेमा कोदोखेतीको सफल परीक्षण गरिएको छ । सामुदायिक

वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा

बागलुङ । बागलुङ नगरपालिका-९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा