२३ चैत्र २०८१, शनिबार | April 5, 2025

नेपालगन्जमा जारी मेला बाँके प्रशासनबाट एकदिन संचालन नगर्न आदेश



नेपालगन्ज । होलीको सुरक्षालाई ध्यानमा राख्दै नेपालगन्जमा जारी सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम पर्यटन महोत्सवलाई स्थानीय प्रशासनले एकदिनका लागि रोक लगाएको छ । होलीको निहुमा हुन सक्ने शान्तिसुरक्षा खलललाई नियन्त्रण गर्न भन्दै प्रशासनले मेला संचालनमा एक दिन रोक लगाएको हो ।

होलीलाई उल्लासमय बनाउन सुरक्षा व्यवस्थालाई सवल सुदृढ तुल्याउन चैत्र १२ गते एक दिनका लागि मेला संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा जारी सूचनामा उल्लेख छ ।

‘महोत्सवकै दौरान तराइमा भन्यता र उल्लासमय वातावरणमा मनाइने रंगहरूको पर्व फागु पुर्णिमा (होली पर्व) समेत पर्न गएकोले उक्त पर्वका दिन सुरक्षा व्यवस्थालाइ सवल एवं सुवृढ तुल्याइ सार्वजनिक शान्ति र व्यवस्था भरपर्दो र विश्वसनीय वनाउन जिल्ला सुरक्षा समिति वाँकेको निर्णय अनुसार उक्त पर्वको दिन अर्थात २०८० चैत्र १२ गते एक दिन मेला संचालन नगर्न नगराउनु हुन सरोकारवाला सबै पक्षलाइ अनुरोध गरिसकिएको ब्यहोरा सवैमा जानकारी गराइन्छ ।’ प्रशासनले जारी गरेको सूचनामा लेखिएको छ ।

 

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  १ : २३ बजे

हिमपहिरामा हराएका चिनियाँ पर्यटकको शव भेटियो

कास्की । पदयात्राका क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा

थाइल्याण्ड भ्रमण र बिम्स्टेक सम्मेलनमा सहभागिता सफल र सार्थक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो थाइल्याण्डको औपचारिक भ्रमण

म्यानमार भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो

याङ्गुन । म्यानमारमा ठूलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन

नेपाल-भारत सम्बन्धलाई सुदृढ गर्दै लैजान्छौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको

बुद्ध दर्शनको प्रचारप्रसार र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा थाई सरकारको योगदान

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकार र थाई समुदायले