९ पुस २०८१, मंगलबार | December 24, 2024

महरासँग आज पनि बयान लिइँदै



काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ ।

यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुुरु भएकोे जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले जनाएको छ ।

उक्त कार्यालयका प्रमुख सन्देश श्रेष्ठले उनीसँग बयान शुरु भएको र आज पनि बयान लिइने जानकारी दिए । उनलाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको छ । अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि महरालाई नर्भिक अस्पतालमा राखिएको छ । निजलाई सिआइबीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आज समाप्त हुने भएकाले बयान र अनुसन्धान नसकिए पुन म्याद थप गरिने सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उनको नाम जोडिएको छ । त्यसबेला सिआइबीले उनीसँग बयान कागज गरेर मात्रै छाडेको थियो । यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षमा थुनामा छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १० : ४२ बजे

फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा

ललितपुर । फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा पुगेको

निजामती कर्मचारी अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु

काठमाडौँ । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ

स्वास्थ्यकर्मीहरूको मागको सम्बोधन गर्न अधिकारकर्मीहरुको आह्वान

नेपालगन्ज । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगञ्ज मेडिकल कलेजका

‘किसुनजीको बाटो अनुसरण गर्नुपर्ने’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन्त नेता

बुटवलको औद्योगिक व्यापार मेलामा भाँगोको तेलमा दर्शकको आकर्षण

बुटवल । बुटवल मण्डपमा सञ्चालित औद्योगिक व्यापार मेलामा भाँगोको तेल