काठमाडौं । लोकतान्त्रिक समाज पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ । महोत्तरीको बर्दिवासमा हिजोदेखी सुरु भएको बैठक आज पनि जारी रहने भएको हो ।
राजेन्द्र महतोले पार्टी परित्याग गरेर हिडेपछि भिन्न स्थितिकाबारेमा छलफल गर्नका लागि समेत लोसपाले केन्द्रीय समिति बैठक बोलाएको हो । बैठकमा जितेन्द्र सोनल, सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गरेर निष्कर्ष निकालिने जनाइएको छ ।
नेताहरूले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्न १० वटा समुह निर्माण गरिएको र उनीहरुले रायसहितको निष्कर्ष दिए पछि प्रारम्भिक चरणको बैठक समापन गरिने प्रवक्ता आभाष लाभले जानकारी दिए ।
बैठकमा ६४ जना पदाधिकारीसहित केन्द्रिय समितिका ३११ सदस्य उपस्थित रहेका छन ।
प्रतिक्रिया