१२ मंसिर २०८१, बुधबार | November 28, 2024

उद्योग संघले पालिका तहमा सञ्जाल बनाउँदै, शुद्धोधनमा आचार्यको संयोजककत्वमा बन्यो तहगत समिति



बुटवल । रुपन्देही उद्योग संघले जिल्लाको शुद्धोधन गाउँपालिकामा यो कार्यकालमा पहिलोपटक तहगत समिति गठन गरेको छ । संघको विधानअनुसार गाउँपालिकामा २५, नगरपालिकामा ५० र उपमहानगरमा १०० उद्योगी संघमा दर्ता रहेपछि तहगत समिति गठन गरिन्छ ।

बुधबार रुपन्देहीको शुद्धोधन क्षेत्रमा रहेका उद्योगीहरुको भेलाले संघका कार्यसमिति सदस्य तथा क्रियसन फर्मलेशन प्रालिका संचालन टंकनारायण आचार्यको संयोजकत्वमा ५ जनाको समिति गठन गरेको हो । समितिको सहसंयोजकमा सागर आयल मिलका रेशमलाल उपाध्यक्ष र सदस्यहरुमा अन्जना बेकरिज उद्योगका विनोदप्रसाद चौधरी, बस्याल फर्निचर उद्योगका चण्डी बस्याल, न्यू लक्ष्मी सःमिलका लालुमाया थापा रहेका छन ।

कार्यक्रममा गाउँपालिकाका अधयक्ष विष्णुप्रसाद बस्यालले आफ्नो पालिकालाई पहिलो रोजाईमा पारेर उद्योग संघले स्थानीय उद्योगीको संरक्षणमा ध्यान दिएकोमा महशुस भएको बताउँदै उद्योगमैत्री वातावरण बनाउन, त्यसबारे स्थानीय नीति बनाउन र कार्यान्वयन गर्न पहल गर्ने प्रतिवद्धता जनाए । ‘स्थानीय क्षेत्रमा रहेका उद्योगीसँग छलफल गरेर कसरी जाने भन्ने विषयमा योजना बनाउँछु, भएका नीतिबारे छलफल चलाउँछु र उद्योगीलाई सहज हुने वातावरण बनाउन पहल गर्छु’ उनले भने ।

पालिकाका पूर्वअध्यक्ष तथा उद्योगी किशुनचन्द्र चौधरीले आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाको चपेटामा परेका उद्योगीलाई राहत हुनेगरी स्थानीय सरकार र सम्बद्ध संघसंस्थाले कार्यक्रम अगाडि ल्याउनुपर्ने बताए । ‘अहिले उद्योगी थला पार्ने नीति छ, त्यसको खबरदारी संघले गर्नुपर्यो, भन्सार, अन्तशुल्क त ठिकै छ वस्तु उत्पादन नहुँदै सामानको भ्याट तिरेर ल्याएर वर्षौ लगानी फ्रिज हुनेगरेको छ, त्यो विषयमा पनि बोलौ अब’ चौधरीले भने ।

पालिका तहमा रहेका उद्योगीहरुलाई संगठित बनाएर सो क्षेत्रमा उद्योगमैत्री नीति निर्माण गरी कार्यान्वयनमा पहल गर्न संघले तहगत समितिको अवधारणा अघि सारेको संघका अध्यक्ष दिलिप सापकोटाले बताए । उनँले संघले अहिले उत्पादनमूलक उद्योगीहरुलाई ध्यान दिँदै केही सेवामूलक उद्योगीहरुलाई पनि जोड्दै गएको जानकारी दिँदै उद्योगीको हितका लागि नियमनकारी निकायसँग पहल गर्ने,विद्यागत तालिम संचालन गरेर दक्ष कामदार बनाउने, तीनै तहका सरकारलाई उद्योगमैत्री नीति निर्माण र कार्यान्वयनमा पहल गर्ने काम गरिरहेका जानकारी दिए । पूर्वअध्यक्ष तथा सल्लाहकार परिषदका संयोजक बाबुराम बोहोराले रुपन्देहीमा रहेको मोतीपुर औद्योगिक क्षेत्रलाई सकेसम्म छिटो संचालन गर्ने वातावरण बनाउन आग्रह गरे ।

संघका महासचिव हिरामणी भट्टराईको संचालनमा भएको कार्यक्रममा पालिकाका प्रमुख कार्यकारी अधिकृत विष्णुबहादुर घर्ती, वरिष्ठ उपाध्यक्ष तथा तहगत समितिका संयोजक कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्ष जीवकान्त काफ्ले, नवनिर्वाचित शुद्धोधन तहगत समितिका संयोजक टंकनारायण आचार्यलगायतले स्थानीय तहमा रहेका उद्योगीहरुका पक्षमा स्थानीय सरकारले गर्नुपर्ने कामका बारेमा सुझाव राखेका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ६ : ४० बजे

प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र

म्याग्दी । सेवाग्राही लिन नआएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा २७

‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान’ सम्पन्न, राष्ट्रपतिद्वारा पुरस्कार प्रदान

काठमाडौं । ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रम’

स्थानीय प्रतिभाहरुलाई अवसर प्रदान गर्दै द ब्रिटिस कलेजको ‘करिअर फेस्ट– २०२४’ सफलतापूर्वक सम्पन्न

काठमाडौ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा ‘टीबीसी

ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह

सदस्यता शुल्क नबुझाए पत्रकार महासंघको चुनावमा भाग लिन नपाइने

नेपालगन्ज । यही मंसिर २८ गते हुने भनिएको नेपाल पत्रकार