२३ चैत्र २०८१, शनिबार | April 5, 2025

इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु



काठमाडौं । इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्ने गर्दछन् ।

सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज(मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ ।

रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ । उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो। रमजानमै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ ।

दान गर्न, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न साँझ मुसलमानहरुले चन्द्रमा हेर्ने प्रचलन छ ।

शरीरलाई शुद्ध राखेर मात्र रोज बस्नुपर्छ भन्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व गर्दछन् । नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतिलाई रोजा बस्न अनिवार्य गरिएको छैन ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ९ : ०२ बजे

काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको शिर्ष स्थानमा, उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यका पुनः विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष

बिदाका कारण सोमवारसम्म रविलाई प्रहरी हिरासतमै राखिने

भैरहवा । शनिबार र आइतबार सार्बजनिक बिदा भएकाले राष्ट्रिय स्वतन्त्र

चैतेदसैँमा बागलुङ कालिकामा भक्तजनको भिड

बागलुङ । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदसैँ । बागलुङ

चैतेदसैँ : देशभरका शक्तिपीठमा भक्तजनको बिहानैदेखि भीड

काठमाडौं । चैतेदसैँ पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको

वन वाटिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै खिमलाल पाण्डे निर्वाचित

बुटवल । रुपन्देहीको शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन