५ आश्विन २०८१, शनिबार | September 21, 2024

सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच सहमति, आन्दोलन स्थगित



काठमाडौँ । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ४ बुँदे सहमति भएको छ । सिंहदरबारमा सोमबार अबेर सम्पन्न छलफलपछि ४ बुँदे सहमति भएको हो ।

मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समिति र सरकारका बीच ३ महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने, ९ विषयको कार्यादेश हुनेगरी जाँचबुझ आयोग गठन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने लगायतको सहमति भएको छ ।

उत्पीडित वर्गलाई राहत र क्षतिपूर्तिका लागी आगामी बजेटमा व्यवस्था गर्नेगरी अर्थ मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको छ । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच सहमति भएसँगै जारी आन्दोलन रोक्न पीडितहरु सहमत भएका छन् ।

सहमतिसँगै माघ १६ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन रोकिएको छ । मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट कुशवाहको नेतृत्वमा ५०० र पश्चिमबाट निर्ग नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए । काठमाडौं आएपछि पनि उनीहरुको विरोध प्रदर्शन जारी थियो ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १० : ०२ बजे

संविधानले दियो प्रमुख पदमा महिला पुग्ने बाटो

काठमाडौं । नेपालको संविधानको मुख्य उपलब्धि हो, समावेशीता । लैंगिक

Transforming Qingshen through Bamboo: A Village’s Green Journey

As we slowly leave Chengdu city via the Third Ring

ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१ गोरक्षेश्वर मन्दिर नजिकै

‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ’

बझाङ । करिब दुई किलोमिटर टाढा छ गाउँ । नियमित

नामिबियामाथि युएईको कीर्तिमानी जित

काठमाडौं । युएईले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियालाई पराजित