२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा



काठमाडौं । आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । सरकारले ग्याल्पो ल्होसारका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो ।

नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व हो ग्याल्पो ल्होसार । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५१ औँ ग्याल्पो ल्होसार आज बाघ वर्षलाई बिदाइ गरी खरायो वर्षलाई स्वागत गर्छन् । ल्होसार शब्दले नयाँ वर्ष बुझाउँछ ।

ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरेर भव्यरुपमा मनाउने परम्परा शेर्पा समुदायमा छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लासँगै भारत, भुटानलगायत विभिन्न देशमा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला र देश बढेका छन् ।

आज बौद्ध स्तूप र शेर्पा सेवा केन्द्रमा पूजाआजा गरिन्छ । पूजा आराधनासँगै शेर्पा समुदायको सांस्कृतिक नाच एवं वेशभूषा प्रदर्शन हुने गरी कार्यक्रमको आयोजना गरिन्छ ।

ग्याल्पो ल्होसार शेर्पा समुदायले विविध कार्यक्रम आयोजना गरी १५ दिन अर्थात् फागुन शुक्ल पूर्णिमासम्म मनाउँछन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ७ : ०७ बजे

समान्य घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ

कबाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव

नेपालगन्ज । नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

ताप्लेजुङ । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ

विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, शवलाई बोरामा हालेर खोला किनारमा गाडीयो

सिरहा । गोलबजार नगरपालिका-९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट