३ आश्विन २०८१, बिहिबार | September 20, 2024

रेडियो मुक्तिको खुल्ला महिला दौड प्रतियोगिता : कालिका माविकी प्रकृति घिमिरे प्रथम



बुटवल । ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा“महिला सशक्तिकरणका लागि खेलकुद भन्ने नाराका साथ बुटवलमा शुक्रबार ५ किलोमिटर खुल्ला महिला दौड प्रतियोगितासम्पन्न भएको छ ।

रेडियो मुक्ति बुटवलको आयोजना, लुम्बिनी खेलकुद् परिषद्को मुख्य प्रायोजक तथा प्रवद्र्धन, बुटवल उपमहानगरपालिका सहित बिभिन्न पालिका र संघसंस्थाको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो ।

दौड प्रतियोगितामा कालिका मानवज्ञान माबिकी प्रकृति घिमिरे २२ मिनेट ५७ सेकेण्ड ४३ प्रतिसेकेण्डमा ५ किलोमिटर दुरी पार गर्दै प्रथम हुन सफल भएकी छन् । प्रथम घिमिरेले नगद १२ हजार रुपैया ,मेडल र प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै नेपाल प्रहरीकी पुनम खड्का क्षेत्री २३ मिनेट ११ सेकेण्ड १२ प्रतिसेकेण्डमा दुरी पार गरि द्धितिय भइन् । द्धितिय क्षेत्रीले ९ हजार रुपैया नगद, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

त्यस्तै दिप बोर्डिङ्गहाई स्कुलकी देबि बुढा २७ मिनेट १२ सेकेण्ड ६६ प्रतिसेकेण्डमा पाँच किलोमिटर दरी पार गर्दै तृतिय स्थान हात पार्न सफल भइन् । बुढाले नगद रु नगद ५ हजार ,प्रमाणपत्र तथा मेडल प्राप्त गरिन् ।

खेलमा कालिका मानवज्ञान माबिकी कृति पराजुली २७ मिनेट १७ सेकेण्ड ५६ प्रतिसेकेण्डमा निर्धारित दुरी पार गर्दै चौथो हुन सफल भइन् । चौथो हुने पराजुलीलाई प्रोत्साहन स्वरुप रु ३ हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै बुटवल उपमहानगरपालिकाका पुजा थारु पाँचौ, लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ममता पाण्डे छैठौ भएकी थिइन् । उनीाँहरुलाई क्रमश प्रोत्साहन स्वरुप रु २ हजार, प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा सबैभन्दा कम उमेरकी लक्ष्मी माबिमा अध्यरनरत १२ बर्षकी बिनिता मुखियाले ५ किलोमिटर दुरी पार गरेको उपलक्ष्यमा रेडियोको तर्फबाट र बिभिन्न ब्यक्तीहरुको तर्फबाट नगद रु ३ हजार र प्रमाणपत्र र सबै भन्दाबढी उमेरका ४० बर्षभन्दा माथि ५ किलोमिटर दौड पुरा गरेकोेमा इनर व्हिल क्लब अफ मिडटाउनका पार्वती पंगेनी ,एकल महिला समुह रुपन्देहीकी रिता सेन, लुम्बिनी प्रादेशिक अस्पतालकी गोमा सुवेदी, प्रगतिशिल महिला सहकारी तिलोत्तमाकी मन्जुथारुलाई सम्मान गरिएको थियो ।

विजयी प्रतियोगिलाई रेडियोका कार्यबहाक अध्यक्ष ईन्दिरा आचार्य , प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई, परिषद्का सदस्यद्धय हरि बहादुर वली, राजकुमार पाण्डे, जिल्ला भलिवल संघ रुपन्देही अध्यक्ष सुरेन्द्र शाक्य, मानव अधिकार एलायन्सका अध्यक्ष माधव सापकोटा, नेपाली जुत्ता घरका संचालक उत्तम देबकोटा लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रदेश प्रमुख कार्यालयबाट शुरु भएको दौड मिलनचोक हुदै फाईनान्स पुगेर पुनः प्रदेश प्रमुख कार्यालयमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा रुपन्देहीका सरकारी तथा गैरसरकारी संघसंस्था र पाल्पाको तिनाउ गाउपालिकाका गरी ३५० जना महिलाको सहभागिता रहेको थियो ।

प्रतियोगिताको एक कार्यक्रमका बीच बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिऐ । सो अवसरमा बोल्दै पाण्डेयले खेल क्षेत्रको प्रबद्र्धन र विकासमा उपमहानगरपालिकाले जोड दिदै आएको बताए । उनले महिलाको आर्थिक सामाजिक सबलीकरणका लागी नगरले बिभिन्न सिपमूलक कार्यक्रम अगाडी सारेको बताए । हरेक घरमा रोजगार ल्याउने गरी अभियान थालेको पाण्डेको भनाई थियो ।

कार्यक्रमका बिशिष्ट अतिथि उपप्रमुख साबित्रादेबि अर्यालले महिलाको आन्दोलनहरुले सफलताको मार्गमा अगाडी बढेको बताउदै खेलमा पनि महिलालाई लगानी गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रमले खेलाडीमा हौसला प्रदानहुने बताइन् । आर्थिक सशक्तीरकरणमा नगरले महिलामा लगानीको वातावरण स्थापना गरेको बताइन् ।

त्यस्तै अर्का बिशिष्ट अतिथि प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले खेल प्रतियोगिताले शारीरिक तन्दुरुस्त मात्र हुने नभई यसले सकरात्मक सोचको समेत विकास गर्ने भएकाले यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताए । रेडियो मुक्तीले आयोजना गरेको कार्यक्रम उदारहणीय भएको बताउदै महिला खेलाडीमा लगानी गर्नका लागी थप दवाव सिर्जना हुने बताए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षक बिजयराज पण्डीत, खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, खेल प्राबिधिक प्रमुख मोहन घलेलगायतको उपस्थिती रहेको थियो ।

११४ औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च ) शुक्रबार “महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी बिश्वभर एकैसाथ मनाईदैछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ८ : ५६ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day