१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

महाशिवरात्रि : चार लाख बढीले गरिसके पशुपतिनाथको दर्शन



काठमाडौं । महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन् । बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ । दिउँसो ३ बजेसम्म पशुपतिनाथमा कम्तीमा पनि चार लाखभन्दा बढी भक्तजनले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषका प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

बिहानभन्दा अहिले दर्शनार्थीको भीड बाक्लिँदै गएको छ । भीड बढेसँगै सुरक्षाकर्मीलाई मेला व्यवस्थापन गर्न चुनौतीपूर्ण बनेको छ । भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैढोका बिहान २ बजेदेखि खोलिए पनि भीड भने घटेको छैन ।

दर्शन गर्ने पालो छिटो पाउने आशमा दर्शनार्थी रातिदेखि नै लामबद्ध भएर बसेका थिए । उनीहरु भने बिहानै दर्शन गरेर फर्किसकेका प्रवक्ता अधिकारीले बताए । कोषले आज कम्तीमा २० लाख भक्तजनले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ३ : ५१ बजे

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न

पाटेबाघलाई निकुञ्जमा छाडियो

कञ्चनपुर । बेलौरी नगरपालिका-२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक

नारायणगढ-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र

नवलपरासी । नारायणगढ-बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर

साइन रेसुङ्गा कर्पोरेट कप फुटसलको उपाधी इन्जिनियर्सलाइ

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा बुटवलमा सम्पन्न