२६ पुस २०८१, शुक्रबार | January 10, 2025

बाँकेको जानकीमा लुटेराको आक्रमणबाट एकजनाको मृत्यु



नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाको मानपुर नजिकै लुटेरा समुहको आक्रमणबाट एकजनाको ज्यान गएको छ । मध्यराती आएका ५-७ जनाको समुहले लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा उनीहरुको चिर्पट दाउराको प्रहारबाट जानकी ३ रुद्रपुर नयाँबस्तीका सन्तोष कठरिया थारुको मृत्यु भएको हो ।

चिर्पट दाउराको प्रहारबाट गम्भीर घाइते भएका थारुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यराती साढे १२ बजेको समयमा कठरियाको घरमा जबरजस्ती प्रवेश गर्न खोजेका समुहको प्रतिकार गर्दा अज्ञात समुहले उनीमाथि चिर्पट दाउराले प्रहार गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्ष सुवास चन्द्र बोहराले बताए । लुटपाटकै उद्देश्यले आएको अनुमान गरिएको सो समुहको प्रतिकारका क्रममा मृतक केडेरियाकी श्रीमती सविता राजबंशी थारु पनि घाइते भएकी उनले बताए ।

अज्ञात समुहबाट आक्रमण भएको जानकारी प्राप्त भए लगत्तै प्रहरी परिचालन गरिएको र घाइतेको उद्दार सहित खोजी अभियान थालिएको एसपी बोहराले बताए । लुटेराहरुले सबिताले लगाएको सुनको फुली र ४० हजार नगद लुटेर लगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खजुरारोडबाट भित्रि सडकमा पर्ने रुद्रपुरमा एकान्तमा रहेको घरमा लुटपाटकै उद्देश्यले सो समह आएको अनुमान गरिएको छ । घटना भएको स्थान नेपालगन्ज उपमहानगरसँग जोडिएको सिमाना क्षेत्रमा पर्दछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ९ : ५४ बजे

एमाले-कांग्रेसबीचको अप्राकृतिक गठबन्धन अब चल्दैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले-कांग्रेस

प्रचण्ड र माधव नेपालबीचको भेटमा राजेन्द्र लिङ्देनको प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत

विपिन जोशीको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग अपिल

काठमाडौं । नेपालले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका

समाजमा राम्रो काम गर्ने व्यक्तिको सम्मान हुन जरुरी छः मुख्यमन्त्री आचार्य

गुल्मी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गुल्मी जिल्लाका सामाजिक

जीपको ठक्करबाट एक जनाको मृत्यु

बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जीपको ठक्करबाट एक जना