पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिँदैआएको समर्थन समर्थन फिर्ता लिएको छ ।
माओवादीको गण्डकी प्रदेशसभा संसदीयदलको आज बिहान बसेको बैठकले प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । समर्थन फिर्ता गरेको पत्र प्रदेशसभा सचिवालयमा माओवादीले बुझाइसकेको छ ।
यसअघि, हिजो मात्र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका थिए ।
केन्द्रमा सत्ता समीकरण फेरिएलगत्तै गण्डकीमा पनि त्यसको पराकम्प देखिएको हो ।
प्रतिक्रिया