२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सुस्ता गाउँपालिकालाई लुम्बिनीबाट गण्डकीमा ल्याउने एमालेको संकल्प प्रस्ताव



पोखरा। नेकपा एमालेले नवलपरासी पूर्वको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा फिर्ता ल्याउनुपर्ने मागसहिततको संकल्प प्रस्ताव दर्ता गरेको छ ।

गण्डकी प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गर्दै एमालेले लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेशमा सुस्ता गाउँपालिकालाई फिर्ता ल्याउनुपर्ने माग गरेको हो ।

संविधान निर्माण तथा राज्यको पुनर्संरचना गर्ने क्रममा नवलपरासी जिल्लालाई विभाजन गरी नवलपरासी ९वर्दघाट सुस्ता पूर्व० गण्डकी प्रदेशमा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लुम्बिनी प्रदेशमा रहने गरी भूगोल निर्धारण गरिएको थियो ।

सोही क्रममा सुस्ता गाउँपालिका लुम्बिनीमा परेकाले अब गण्डकीमै फिर्ता ल्याउनुपर्ने भन्दै एमालेले बुधबार संकल्प प्रस्ताव दर्ता गरेको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  २ : ५० बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर