१२ आश्विन २०८१, शनिबार | September 28, 2024

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिशकुमार देव नियुक्त



काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिशकुमार देवलाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. देवलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।

डा. देव करिब एक वर्षअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष नियुक्त भएका थिए । उनको नियुक्ति बदरको माग गर्दै राष्ट्रिय युवा संघका उपाध्यक्ष अनिल काफ्लेले  उच्च अदालत पाटन हेटौंडा इजलासमा रिट निवेदन दर्ता गरेका थिए ।

त्यसपछि देवले नैतिकताका आधारमा राजीनामा दिएका थिए । चिकित्सा अध्ययन संस्थानको सह-प्राध्यापक हुँदा गलत प्रतिवेदन पेश गरी भ्रष्टाचार गरेको अभियोगमा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दासमेत दायर गरेको थियो ।

उनी यसअघि २०७२ सालमा देवदह मेडिकल कलेज सम्बन्धन दिने क्रममा भ्रष्टाचारको आरोपमा मुछिएका थिए । विशेष अदालतमा परेको मुद्दामा उनीसहित १७ जनाले सफाइ पाएका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ६ : ०८ बजे

काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता

काभ्रे । काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ

३१ वर्षपछि कुलेखानी ड्याम भरियो

काठमाडौं । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान

नारायणगढ-मुग्लिन सडकको ९ किलोमा सडक भाँसियो

चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भाँसिएको

डेङ्गी नियन्त्रणको नीति बनाउन कार्यदल गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर फैलिएको डेङ्गी रोकथाम

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय