११ आश्विन २०८१, शुक्रबार | September 28, 2024

कृषि मेलामा निःशुल्क माटो र बाली परीक्षण शिविर



बुटवल । बुटवलमा सञ्चालन गर्न लागिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला-२०८० मा किसानहरुको लागि निःशुल्क माटो र बाली परीक्षण शिबिरको व्यवस्था मिलाईएको छ । किसानले बढीभन्दा बढी लाभ उठाउन सकुन भन्ने उद्देश्यले प्रतिस्पर्धी क्षेमताको कृषि उपजको पहिचान गर्नको लागि माटो परीक्षण शिविर राखिएको हो ।

त्यस्तैगरी किसानले लगाएको बालीनालीमा रोगव्याधीको समस्या पहिचान गर्न र त्यसको उपचारको प्रवन्ध मिलाउन सहज होस भनेर बाली परीक्षण शिबिर राख्ने तयारी गरिएको संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरीप्रसाद अर्यालले बताए । उनले यो कार्यक्रममा सहभागि भएर लाभ लिन पनि किसानलाई आग्रह गरेका छन ।

फागुन १० गतेदेखि पाँच दिनसम्म बुटवल मण्डपमा सञ्चालन गरिने राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा ११ र १२ गते दुई दिन बाली परीक्षण शिबिर राखिने छ । त्यस्तै ११, १२ र १३ गते तीन दिन माटो परीक्षण शिबिर सञ्चालन गरिने संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।

कृषि विकास निर्देशनालयकी अधिकृत आशा भण्डारीका अनुसार बाली संरक्षण प्रयोगशाला खजुरा बाँके र राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाको व्यवस्थापनमा बाली परीक्षण शिविर सञ्चालन गरिने छ । त्यस्तै माटो तथा मल प्रयोगशाला खजुरा बाँकेको घुम्ती माटो परीक्षण प्रयोगशाला ९मोवाईल भ्यान० को टोलीले किसानले ल्याएको माटो परीक्षण गर्नेछ ।

माटोको नमुना कसरी संकलन गर्ने ?

माटो परीक्षणको लागि नमुना संकलन गर्दा अन्न र तरकारी तथा फलफूलको लागि छुट्टा छुट्टै विधिको प्रयोग गर्नुपर्दछ । अन्न र तरकारी बालीको लागि माटोको नमुना संकलन गर्दा एकै प्रकारको माटो भएको जमिनबाट एउटा नमुना तयार गर्नुपर्दछ । एउटा माटोको नमुना तयार गर्न एक रोपनीबाट कम्तिमा ५ ठाउँबाट नमुना लिनुपर्दछ । प्रत्येक ठाउँमा १५ देखि २० सिन्टीमिटर भि आकारको गहिरो खाल्डोमा माथिदेखि तलसम्म एकै लेवलको माटो निकाल्नु पर्दछ । त्यसपछि सबै नमुनालाई एकैठाउँमा मिसाएर रामो संग मोल्नुपर्दछ । उक्त माटोमा रहेको ढुंगा तथा झारपात हटाउने र गोलाकारमा राख्नु पर्दछ । त्यसलाई चार भागमा लगाउने र आमनेसामनेका २ भार हटाउनु पर्दछ । संकलन गरिएको नमुना माटो आधा किलो नहुँदासम्म यहि प्रकिया अपनाउनु पर्दछ । त्यसरी रहेको शेस भागलाई परीक्षणको लागि ल्याउन पनि उनले आग्रह गरे ।

त्यसैप्रकारले फलफूलको माटोको नमुना संकलन गर्दा फरक किसिमका माटो भएको जमिनबाट छुट्टाछुट्टै नमुना तयार पार्नु पर्दछ । छनौट गरिएको जमिनबाट कम्तिमा एउटा ३ फिट गहिराईको खाडल खन्नुपर्दछ । उक्त खाडलमा १, २ र ३ फिटको गहिराईमा चिनो लगाउनु पर्दछ । त्यसरी चिनो लगाएको अनुसार १ फिटसम्म, १ देखि २ फिट र २ देखि ३ फिट सम्मको संकलन गरिएको नमुना छुट्टाछुट्टै भाडोमा राख्नु पर्दछ । यसरी छुट्टाछुट्टै संकलन गरिएको माटोलाई छुट्टाछुट्टै ४ भाग लगाई आमनेसामनेको २ भाग हटाई बाँकी २ भाग राख्नुपर्दछ । यसलाई पनि आधा किलो नहुँदा सम्म यो प्रक्रिया दोहोर्याउनु पर्दछ । यसरी तयार गरिएको नमुनालाई किसानको नाम ठेगाना, जमिनको विवरण तथा गहिराई खुलाई परिक्षणको लागि ल्याउनु पर्ने उनले बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ३ : ४३ बजे

अबिरल वर्षासंगै आएको पहिरोको बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । अबिरल वर्षासंगै आएको पहिरोको सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा

लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनिया भाषा टेष्ट सेन्टर , मुख्यमन्त्रीद्धारा उद्घाटन

लुम्बिनी । लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा

श्रीलंकन पूर्व राष्ट्रपति गोटावायलाई लुम्बिनीमा स्वागत

लुम्बिनी । श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले

एमाले नेतृ बराल भन्छिन्- प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो, कानुनी निष्कर्षको प्रतिक्षामा छु

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर

मौसम प्रतिकूल भएपछि भोलि बिहानसम्मका सबै आन्तरिक उडान स्थगित

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका