३ माघ २०८१, बिहिबार | January 17, 2025

एसीसी महिला प्रिमियर कप : नेपाल फाइनल प्रवेशका लागि मलेसियासँग प्रतिस्पर्धा गर्दै



काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा शुक्रबार नेपालले मलेसियासँग खेल्दैछ । मलेसियासँगको खेलमा जित जितेमा नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ ।

बुधबार भएको खेलमा जापानलाई १६ रनले पराजित गर्दै मलेसिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । यसअघि बुधबार नै कुवेत विरुद्धको खेलमा नेपाल डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार आठ विकेटले विजयी भएको थियो ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको थियो । त्यसपछि वर्षाका कारणले नेपालले १२ ओभरमा ५० रन बनाउनुपर्ने नयाँ लक्ष्य पाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ६.५ ओभरमै केवल दुई विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा हङकङलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो ।

नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो ।

यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी-२० एसिया कपमा सहभागिता जनाउन पाउनेछ । एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् ।

फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल फेब्रुअरी १८ तारिखमा हुनेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ७ : ४४ बजे

निकोलस भुसाल फेरी पक्राउ

पोखरा । हिरासतमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

वन मन्त्रालयका ६ महिना : कानुनी र नीतिगत सुधारमा जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन

रवि लामिछानेविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता गरिँदै

बुटवल । जिल्ला अदालत काठमाडौंबाट मंगलबार ६० लाख रुपैयाँ धरौटी

Indian space agency docks two satellites in space

NEW DELHI: The Indian Space Research Organization (ISRO) on Thursday