२२ भदौ २०८१, शनिबार | September 8, 2024

मणिमुकुन्द राष्ट्रिय भलिबल : आर्मी, लुम्बिनी, कोशी र गण्डकी विजयी



बुटवल । रूपन्देहीमा जारी नवौ मणिमुकुन्द कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको दोस्रो दिनको खेलमा त्रिभुवन आर्मी क्लब, लुम्बिनी प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश बिजयी भएका छन । प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रवद्र्धक तथा प्रायोजन, नेपाल भलिबल संघको संयोजन तथा मणिमुकुन्द भलिबल क्लबको आयोजनामा जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा जित निकालेको हो ।

आर्मीले २५–१२, २५–१२, २५–१३ को अंकले दबाबमा राख्दै खेलमा जित हासिल गर्यो । एकतर्फी खेलमा त्रिभुवन आर्मी क्लबका राजेन्द्र बिष्ट म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई २५–२०, २५–२३, २५–१९ अंकले ३–० को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगितामा लुम्बिनी प्रदेशका कमल गहतराज म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

तेस्रो खेलमा कोशी प्रदेश बिजयी भएको छ । सुदूरपश्चिमलाई कोशीले २५–२३, २०–२५, २८–२६, २५–१६ अंकका साथ ३–१ सेटमा पराजित गरेको हो । खेलमा कोशी प्रदेशका बिष्णु बस्नेतलाई उत्कृष्ट खेलाडीबाट पुरस्कृत गरिएको थियो ।

यसैगरि शनिबारको अन्तिम खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २५–१४, २८–२६ २५–१३ अंकको सोझो सेटमा पराजित गरेको हो । गण्डकी प्रदेशका उत्कृष्ट खेलाडी हरी पान्डेयलाई पुरस्कृत गरिएको छ ।

लिग कम नआउट आधारमा खेलाईएको प्रतियोगिताको पहिलो चरणको खेल चलिरहेको क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए । प्रतियोगिताको विजेताले नगद २ लाख १ रूपैया, द्वितीयले नगद १ लाख ५० हजार १ रूपैयाँ, तृतियले नगद १ लाख १ रूपैयाँ नगद सहित कप मेडल प्रमाणपत्रबाट पुरस्कृत हुने छन । सान्त्वना स्थान हुनेले नगद ५० हजार १ रूपैयाँ सहित कप मेडल प्रमाणपत्र पाउने खेल संयोजक सुरेन्द्र गुरुङले बताए ।

पहिलो दिनको उत्कृष्ट खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराई, तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेबी चौधरी, नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष बिश्वास ढकाल, तिलोत्तमा नगर सभा सदस्य सुरेन्द्रश्री, पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले नगद सहित सम्मान गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १० : ०३ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर