१ बैशाख २०८२, सोमबार | April 14, 2025

भेरी साहित्य समाजको सातौं अधिवेशनबाट ईन्द्र बस्नेत अध्यक्षमा निर्वाचित



नेपालगन्ज । पश्चिम नेपालको प्रतिनिधिमुलक साहित्य संस्था भेरी साहित्य समाजको सातौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत साहित्यकार ईन्द्र बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको हो ।

पूर्वप्राज्ञ परिषदको सदस्य सचिव सनत रेग्मीबाट आज नेपालगन्जमा उदघाटन भएको समाजको अधिवेशनमा इश्वरी प्रसाद रिजालद्वार लिखित ‘बाँके सताब्दी साहित्य’ नामक पुस्तक सहित ४ वटा कृतिहरु बिमोचन भएको छ भने भेरी साहित्य समाजबाट प्रकाशित दौंतरीको २७ औं अंकको सार्वजनिकरण समेत गरिएको थियो ।

अधिवेशनले बस्नेतको अध्यक्षतामा १५ सदस्सीय कार्यसमिति निर्वाचित गरेको छ । समाजको बरिष्ठ उपाध्यक्षमा इश्वरी प्रसाद रिजाल, उपाध्यक्षमा महेन्द्र चन्द महासागर, महासचिवमा गिता अर्याल, सचिवमा प्रभात सुबेदी र कोषाध्यक्षमा सरोज चौधरी निर्वाचित भएका छन् ।

त्यसैगरि सदस्यमा मिना बराल, चन्द्रावती अधिकारी, कोकीला सिंह, भरतबहादुर रानाभाट, बालकृष्ण शर्मा रेग्मी, राजकुमार चौधरी, रामचन्द्र आचार्य र हेमन्तराज माण्डब्य निर्वाचित भएका छन् ।

अधिवेशनको उदघाटन सत्रमा साहित्य क्षेत्रमा योगदान पु¥याएका पत्रकार झलक गैरे, टिकाराम उदासी, अयोध्या प्रसाद श्रीवास्तव, इन्द्र बस्नेत र थानेश्वर लामिछानेलाई सम्मान गरिएको थियो ।

अधिवेशनमा महासचिव लेकप्रसाद प्याकुर्यालले संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । भेरी साहित्य समाजमा पश्चिम क्षेत्रका ६ वटा जिल्लाका साहित्यकारहरु आवद्ध रहेका छन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ६ : ४४ बजे

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु

धम्बोझी चोकमा आजबाट महाराजा रेष्टुरेन्टको पूर्ण सेवा संचालनमा

नेपालगन्ज । नयाँ वर्षको आगमनसँगै नेपालगन्जमा थप एक अत्याधुनिक रेष्टुरेन्ट

विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को

वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं

नयाँ वर्षको अवसर पारी बुटवलको चाँदबारीचोकमा खुल्यो कान्तिपुर बुटवल सिटी पोलिक्लिनिक

बुटवल । नव वर्ष २०८२ को प्रारम्भसँगै बुटवलमा कान्तिपुर बुटवल