२३ भदौ २०८१, आइतबार | September 8, 2024

खुनुवादेखि रसुवागढीसम्म जोडेर नयाँ पदमार्ग



काठमाडौं । नेपालको दक्षिण क्षेत्र भारत नाकाबाट उत्तरी क्षेत्र चीन नाका जोडेर नयाँ पदमार्ग निर्माण गरिएको छ । लामो समयदेखि नेपालको पर्यटन प्रवर्द्धनमा लागेको अर्थवाउण्ड एक्सपिडीसनले कपिलवस्तुको खुनुवा नाकाबाट रसुवाको रसुवागढी नाकासम्म जोडेर नयाँ पदमार्ग निर्माण गरेको हो । एक्सपिडीसनले सोमबार साँझ पत्रकार सम्मेलन गरी नेपालको तराईबाट हिमाली क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै एक्सपिडीसनका अध्यक्ष राजन सिंखडाले नेपालको तराईको भूभागबाट पहाडी भूभाग हुँदै हिमाली भूभागलाई देश विदेशसम्म चिनाउने उद्देश्यले नयाँ पदमार्गको अध्ययन गरिएको जानकारी दिए । “हामीले पदमार्ग भन्नेबित्तिकै हिमाली क्षेत्रमात्र भन्ने बुझ्छौँ, तराईबाट हिमालसम्मको धर्म, संस्कृति, रीतिरिवाज, पर्यटकीय गन्तव्यको वस्तुस्थिति बुझ्नका लागि नयाँ पदमार्गको अध्ययन गरेका हौँ”, उनले भने ।

कपिलवस्तुको खुनुवानाकाबाट सुरु हुने उक्त पदमार्गमा तौलिहवा, कपिलवस्तु, कुदन, जगदीशपुर ताल, बुटवल, मसायम हटिया, तानसेन, आर्यभञ्ज्याङ, केलादीघाट, घिरिङ, रिसिङ, दमौली, बन्दीपुर, गोरखा, बोर्लाङ, टारीबेँसी, कटुञ्जे, मेगाङ, साल्मे, गोङ्गा, सिङ्लापास, पाङ्सिङ पास, सोम्दाङ, चिलिमे हुँदै रसुवागढीस्थित केरुङ नाका पर्दछ ।

समुद्र सतहबाट ६० मिटरमा रहेको खुनुवानाकाबाट सुरु हुने उक्त पदमार्ग चार हजार ८० मिटर उचाइको सिङ्लापास गरेर रसुवागढी नाका पुग्न सकिन्छ । नयाँ गन्तव्यको खोजीमा नेपाली टोलीसँगै अमेरिकी हाइकर माइक ओबेस्टरसमेत थिए । पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी हाइकर माइकले नेपालमा धेरै घुम्नलायक ठाउँ भएको र उक्त ठाउँले आफूलाई मोहित बनाएको बताए । उक्त पदमार्ग चार सय ४० किलोमिटरको भएको र आफूलाई पदमार्ग पार गर्न १७ दिन लागेको सिंखडाले बताए ।

नयाँ पदमार्गलाई २० देखि २५ दिनको बनाएर अगाडि बढाउन सकिए नेपालको ग्रामीण अर्थतन्त्रमा समेत टेवा पुग्ने सिंखडाको भनाइ छ । धादिङमा जन्मेर काठमाडौँमा आएर विगत तीन दशकभन्दा बढी समय नेपालको पर्यटन क्षेत्रमा क्रियाशील सिंखडाले ‘योगा टुरिजम’लाई समेत अगाडि बढाएका छन । अध्यक्ष सिंखडाद्वारा पर्यटनसम्बन्धी ‘हिँडे पुगिन्छ’ पुस्तकसमेत प्रकाशित छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १० : ५९ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर