३० चैत्र २०८१, शनिबार | April 12, 2025

खजुराले छान्यो पालिकाका उत्कृष्ट प्रतिभा



खजुरा । खजुरा गाउँपालिका अन्तर्गत रहेको खजुरा प्रज्ञा प्रतिस्ठानले खजुरा क्षेत्रमा रहेका बिभिन्न बिधाका प्रतिभाहरुको पहिचान गरि पुरस्कृत गरेको छ ।

३ दिन सम्म बिबिध कार्यक्रम गरि अन्तर बिद्यालयहरुबाट फरक फरक बिधाका प्रतिभाहरुको पहिचान गरिएको खजुरा प्रज्ञा प्रतिस्थानले जनाएको छ । आन्तरिक प्रतिस्पर्धाका आधारमा मेरो खजुरा शिर्शक मा गरिएको कार्यक्रमहरुबाट गायन बिधामा नेरामाबीका विपना परियार, नृत्य बिधामा ज्ञानोदय माबीकी करुणा शाही, चित्रकलामा अरुणेदय माबीकी स्मृर्ती राना उत्कृष्ट बनेका छन् ।

त्यसैगरि कविता बिधामा जनता माबी सन्तकुटीका सगुन मल्ल, बक्तृत्वकलामा जनताकै कोशिका खड्का, निबन्ध तर्फ दिपक माबीकी संस्कृती कुर्मी र उखानमा दिपक माबीकै विप्लव मल्ल उत्कृष्ट भएका छन् ।

उत्कृष्ट नम्बर ल्याउने प्रतिभाहरुलाई खजुरा गाउँ पालिकाले नगद सहित पुरस्कृत गरेको छ । प्रतिभा घोषणाभिामा बोल्ने बक्ताहरुले प्रतिभा पहिचान संगै उनीहरुको संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

खजुरा प्रज्ञा प्रतिस्ठानका उपकुलपति डा. इन्द्र भण्डारीको अध्यक्षतामा भएको घोषणा सभामा प्रतिस्ठानका कुलपति तथा पालिका अध्यक्ष डम्बर बिक, उपाध्यक्ष मन्जु मल्ल, सदस्य सचिव मणी अर्याल, सदस्य माधव शर्मा लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १० : १० बजे

एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले

चारदेशीय टी-२० सिरिज : फाइनलमा पुग्न आज हङकङको सामना गर्दै नेपाल

काठमाडौं । चारदेशीय टी-२० आई सिरिजको समूह चरणको अन्तिम खेलमा

आईपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कलकता ८ विकेटले विजयी

काठमाडौं । महेन्द्र सिंह धोनी ६८३ दिनपछि कप्तानमा फर्किएको भए

पोखरामा आजदेखि फेवा महोत्सव सुरु हुँदै

कास्की । होटल सङ्घ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन