२३ भदौ २०८१, आइतबार | September 8, 2024

जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी



काठमाडौं। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीबी (गितेन्द्रबाबु) राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएको छ।

राईविरुद्ध शुक्रबार डिफ्युजन नोटिस जारी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले रार्इ विरुद्ध डिफ्युजन नोटिस जारी गर्नका लागि भन्दै प्रहरी प्रधान कार्यालय नक्साललाई गत पुस ५ गते पत्राचार गरेकोमा शुक्रबार डिफ्युजन नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले जनाएको छ।

डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनको खोजी गर्ने र फेला परेको बेला नेपाल फर्काउने प्रक्रिया सुरु गर्नेछन्।

सहकारीको रकम हिनामिना गरेको प्रकरणमा जीबी राईसहित एक दर्जन व्यक्ति फरार छन्।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ९ : ०९ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर