१९ पुस २०८१, शुक्रबार | January 3, 2025

मानवसेवा आश्रम निर्माणका लागि महायज्ञ गरिँदै



दाङ । मानवसेवा आश्रम दाङको भवन निर्माणका लागि तुलसीपुरमा आयोजना गर्न लागिएको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको तयारीलाई तीव्र पारिएको छ ।

यही माघ १३ देखि ३० गतेसम्म तुलसीपुरस्थित अरनीको मैदानमा सञ्चालन हुने महायज्ञको तयारीलाई तीव्र पारिएको महायज्ञ मूल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार महायज्ञ सफल पार्नका लागि विभिन्न उपसमिति गठन गरी जिम्मेवारी दिइएको छ ।

उपसमितिले तोकिएको जिम्मेवारीअनुसार तयारी गरिरहेका छन् । अहिले प्रचारप्रसार, मञ्च व्यवस्थापन, निमन्त्रणा कार्ड वितरणलगायत काम भइरहेका बस्नेतले जानकारी दिए । उनका अनुसार मानवसेवा आश्रमको भवन निर्माणका लागि तुलसीपुर उपमहानगरपालिका–७ हलवारस्थित कालिका मालिका मन्दिर व्यवस्थापन समितिले एक बिघा दुई कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएको छ ।

महायज्ञबाट रु पाँच करोड रकम सङ्कलन हुने अपेक्षा गरिएको बस्नेतको भनाइ छ । उक्त भवन निर्माणका लागि रु १५ करोड लाग्ने अनुमानसहित भवनको डिजाइनसहित तयार गरिएको इन्जिनियर सजिव शाक्यले जानकारी दिए । उनका अनुसार उक्त भवन आगामी दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

महापुराणबाट सङ्कलित रकममा अरु अपुग भएमा स्थानीय तथा प्रदेश सरकारबाट माग गरिने मूल आयोजक समितिले जनाएको छ । सडकपेटीमा बस्दै आएका, सहयोगापेक्षी मानवका लागि मानवता प्रवर्द्धन गर्ने उद्देश्यले भवन स्थापना गर्न लागिएको हो । संस्थाले आफ्नै लोगोसहितको उद्देश्यमा रहेर भवनको डिजाइन तयार गरेको छ । तुलसीपुर क्षेत्रका विभिन्न व्यवसायी, राजनैतिक दल, जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी तथा स्थानीय महायज्ञलाई सफल पार्न लागिरहेका छन् ।

सहयोगापेक्षी सडक आश्रित मानव र कष्टकर जीवन बिताइरहेका व्यक्तिका लागि भवन निर्माण गर्न लागिएकाले महायज्ञमा सबैले सक्दो सहयोग गर्नुपर्ने तुलसीपुर–६ की राधा रजौरेले बताइन् । उनले भनिन्, “घर परिवारले बेवास्ता गर्दा, परिवारविहीन भएर वा विभेदका कारणले सडक पेटीमा कष्टकर जीवन बिताउन बाध्य नागरिकलाई सेवा गर्नु मानव धर्म हो ।”

महायज्ञको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने कार्यक्रम तय भएको छ । आश्रमको भवन लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले माघ ७ गते शिलान्यास गरिसकेका छन् ।

शिलान्यास गर्दै अर्थमन्त्री मास्कीले मानवसेवा आश्रमको भवन निर्माणका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । उनले आश्रमले समाजमा पु¥याएको योगदानको प्रशंसासमेत गरे ।

महायज्ञको कथा वाचकमा भागवत् भास्कर कमलनयन गौतमलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ । हाल तुलसीपुर–६ गाईडरस्थित भाडाको घरबाट मानवसेवा आश्रम सञ्चालन हुँदै आएको छ । विसं २०७८ वैशाख ३ गतेदेखि सो घरबाट सञ्चालन हुँदै आएको आश्रममा महिला र पुरुष गरी ७५ जना आश्रित छन् ।

विसं २०८२ सम्म नेपालाई सहयोगापेक्षी सडक मानवमुक्त देश बनाउने उद्देश्यले विसं २०६९ भदौ १३ गते हेटौँडामा मानवसेवा आश्रम स्थापना भएको थियो । हाल देशभर १९ जिल्लाका २४ स्थानमा सेवा केन्द्र सञ्चालनमा छन् ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १० : ३५ बजे

मदन भण्डारी इन्डो नेपाल भलिबल : आर्मी र मणिमुकुन्दको जित, एक खेल स्थगित

बुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच

सकियो बुटवलको औद्योगिक व्यापार मेला

बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला सकिएको छ ।

आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक र समृद्ध नेपाल

शेरा दरबार जग्गा हिनामिनामा संलग्नलाई कारबाही गर्न अध्यक्ष दाहालको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री