१४ मंसिर २०८१, शुक्रबार | November 29, 2024

नेपालगन्ज १ का वडाबासी मजदुरको वडा कार्यालयले गरिदियो बीमा



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ को कार्यालयले वडा भित्र रहेका विपन्न मजदुरको बीमा गरिदिने भएको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको लागि एक लाखसम्मको म्यादी लघुजीवन बीमा गरिदिने भएको हो ।

बीमाका लागि वडा कार्यालयले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरेको छ । वडाध्यक्ष प्रमोद रिजाल र इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक विमल खड्काका बीच मंगलबार बीमा सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । वडासचिव भुविन्द्रप्रसाद कँडेल, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स नेपालगन्जका प्रवन्धक लक्ष्मी विष्टको उपस्थितिमा रिजाल र खड्काबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार, १८ वर्षदेखि ५५ वर्षका स्थानीय मजदुरहरुको बीमा गरिने भएको छ । १८ वर्ष उमेरको हकमा २ सय ७९ रुपैया र ५५ वर्षको उमेरको एक हजार एक सय ३५ रुपैया तिरेर बीमा गरिने वडा अध्यक्ष रिजालले बताए । विपन्न वर्गका कामदारको वडा कार्यालयले रकम तिरेर बीमा गरिदिने वडाध्यक्ष रिजालले जानकारी दिए ।

एक लाखको जीवन बीमामा दुर्घटना भएर बिमितको मृत्यु भएमा उसका परिवारले दुई लाख रुपैया र क्रियाखर्च २५ हजार पाउने इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक खड्काले बताए । यो बीमा एक वर्षको लागि हुने र हरेक वर्ष नविकरण गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ८ : ५७ बजे

सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी

वालिङ । यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका

पशुपतिनाथमा बालाचतुर्दशीको मेला

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवंगत

बुटवलका मुख्य तीन चोकमा ट्राफिक लाइट जडान हुने

बुटवल । बुटवलका मुख्य तीन चोकमा ट्राफिक लाइट जडान गर्ने

‘एनपीएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा

गण्डकी । स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर

यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय