२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

सदगुरु अब हलिउड फिल्ममा, जोनिफर लोपेजको फिल्ममा देखिदैँ



मुम्बई । तपाईंले सद्गुरु जग्गी वासुदेवलाई धेरै बलिउड स्टारहरूसँग अन्तर्वार्ता लिइरहेको देख्नु भएको होला । तर, अब जग्गी वासुदेव हलिउड सुपरस्टार जेनिफर लोपेजको फिल्म ‘दिस इज मी नाउः अ लभ स्टोरी’ मा देखिने भएका छन् । जेनिफर लोपेजले आफ्नो फिल्मको ट्रेलर सार्वजनिक गर्दा कलाकारको नाममा सदगुरूको नाम पनि समावेश गरेकी छिन् ।

यो फिल्मको ट्रेलरपछि सद्गुरु जग्गी वासुदेवको नाम पनि स्टार कास्टमा रहेको देखिन्छ । यो फिल्म १६ फेब्रुअरीमा प्राइम भिडियोमा रिलिज हुँदैछ । जेनिफर लोपेजले आफ्नो इन्स्टाग्राममा यस फिल्मको ट्रेलर पोस्ट गर्दै भावुक नोट लेखेकी छिन् ।

जसमा जेनिफर लोपेजले लेखेकी छिन्, ‘मैले यसअघि कहिल्यै यति नर्भस, उत्साहित र डराएको महसुस गरेको थिइनँ । यो फिल्मको एउटा अद्भुत र यादगार यात्रा रह्यो। मेरो फिल्म दिस इज मी नाउ १६ फेब्रुअरीमा प्राइम भिडियोमा रिलिज हुँदैछ । यो परियोजना अहिलेसम्मकै सबैभन्दा व्यक्तिगत हो । यसको ट्रेलर हेर्नुहोस् र मजा लिनुहोस् ।’

निफर लोपेजको यो फिल्मको कास्टमा हलिउड स्टारहरुको नाम देखिएको थियो । यससँगै भारतीय फ्यानका लागि पनि यसमा एउटा आश्चर्य लुकेको छ । यस फिल्मको स्टार कास्टमा सद्गुरु जग्गी वासुदेवको नाम पनि देख्न सकिन्छ । यसले यो फिल्ममा जग्गी वासुदेव पनि देखिने पक्का भएको छ ।

यससँगै फिल्मको स्टार कास्टमा ‘बेन एफ्लेक’, ‘ट्रेभर नोआ’, ‘सोफिया भर्गारा’, ‘केके पाल्मर’, ‘निल डे ग्रेस टायसन’, ‘नील डी ग्रास टायसन र ‘पोस्ट मेलोन’ रहेको देख्न सकिन्छ ।

चलचित्रको ट्रेलर सार्वजनिक भए पनि त्यसमा सद्गुरु भने देखिँदैनन् । यस्तो अवस्थामा भारतीय फ्यानका लागि फिल्ममा केही महत्वपूर्ण सरप्राइज हुने विश्वास गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : ५९ बजे

समान्य घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ

कबाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव

नेपालगन्ज । नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

ताप्लेजुङ । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ

विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, शवलाई बोरामा हालेर खोला किनारमा गाडीयो

सिरहा । गोलबजार नगरपालिका-९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट