१० कार्तिक २०८१, शनिबार | October 26, 2024

अदालतको आदेशपछि खुल्यो उपकुलपतिको कार्यकक्ष



सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गरेको तालाबन्दी उच्च अदालत विराटनगरको आदेशपछि खुलेको छ ।

उच्च अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल, तालाबन्दी नगर्न/नगराउन आदेश जारी गरेपछि उपकुलपतिको कार्यकक्षमा गरेको तालाबन्दी शुक्रबार खुलेको हो ।

उपकुलपतिको कार्यकक्षमा नगरप्रमुख साम्पाङले तालाबन्दी गरेपछि परेको रिटमाथि सुनवाइ गर्दै उच्च अदालतले कारण देखाऊसहित आदेश जारी गरेपछि ताला खुलेको हो ।

अदालतको आदेशपछि नगरप्रमुख साम्पाङले ताला खोल्न सचिवालयका कर्मचारी सुदर्शन लिम्बूलाई पठाउनुभएको थियो । रिटमा जिल्ला प्रशासन कार्यालय सुनसरी र धरानका नगरप्रमुख साम्पाङसहित नौ विपक्षीका नाममा अदालतले अन्तरिम आदेशसहित कारण देखाऊ आदेश जारी गरेको हो ।

सञ्जीवकुमार साहद्वारा उत्प्रेषणयुक्त परमादेश माग गर्दै दायर रिटमा जिल्ला प्रशासन कार्यालय सुनसरीसमेत नौ विपक्षीविरुद्ध उच्च अदालतका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  १२ : ५४ बजे

काठमाडौंको नयाँबसपार्क क्षेत्रबाट अवैध पटाका बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको नयाँबसपार्क क्षेत्रबाट पटाका बरामद गरेको छ

तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’ निर्माण

जुम्ला । यहाँको तिला गाउँपालिका-१ स्थित रारामा तिला नदीमाथि मोटरेबल

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक

दीपावली र छठ पर्वका लागि घर लिपपोत गरिँदै

महोत्तरी । दीपावली र छठ पर्वअघि मधेसमा घर रङरोगन गर्ने

कोप-२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै

काठमाडौं । आज वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘राष्ट्रिय जलवायु