३ आश्विन २०८१, बिहिबार | September 20, 2024

माघीको अवसरमा लुम्बिनी प्रदेश प्रमुख र मुख्यमन्त्रीको शुभकामना



नेपालगन्ज । माघी पर्व तथा मकर संक्रान्ति एबम् थारु समुदायको नयाँ वर्षको अवसरमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री डिल्लीबहादुर चैेधरीले छुट्टाछुट्टै शुभकामना ब्यक्त गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले नेपालमा बिभिन्न समुदायले माघे संक्रान्तिलाई आ(आफ्नो परम्परा अनुसार मनाउँदै आएको उल्लेख गर्दै थारु समुदायले नयाँ वर्षकोरुपमा मनाउने गरेको जनाएका छन् । उनले मगर समुदायले तीरमा निशाना लगाउने चलाउने, कृषि बालीमा पुजा गर्ने पर्वकारुपमा मनाउँदै आएको समरण गरेका छन् । माघी पर्वले सांस्कृतिक, सामाजिक, पर्यावरण तथा सदभावपूर्ण एकताको माध्यमबाट राष्ट्रिय एकतामा बाँधिन सहयोग पुर्याएको प्रदेश प्रमुखले उल्लेख गरेका छन् ।

मुख्यमन्त्री चौधरीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसास्कृक्तिक देश भएको उल्लेख गर्दै यहाँ विभिन्न जातजाती, भाषाभाषी, धर्म सस्कृति, रीतिरिवाज, रहनसहन आ(आफ्नै रहेको जनाएका छन् । उनले माघी पर्व तथा मकर (माघे) संक्रान्तिलाई हिमाल, पहाड र तराईमा वसोवास गर्ने नागरिकले आआफ्ना परम्परागत विशेषता र प्रकृति अनुसार मनाउने गरेको जनाउँदै सांस्कृतिक विविधतायुक्त समाजमा यो पर्वले पारिवारिक मिलन, बन्धुत्व, एकता, स‌द्भाव र सहिष्णुता बढाउदै आएको बताएका छन् । ‘चाडपर्व र संस्कृक्तिहरुको संरक्षण तथा सम्बद्धन गर्दै पर्वलाई हर्ष, खुशी र मनोरञ्जनपूर्ण बनाउँदै वन्धुत्व, एकता र स‌द्भाव वढाउन सकोस् ।’ उनले शुभकामना बक्तब्यमा लेखेका छन् ।

 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ९ : ३२ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day