१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

सीसीए बन्यो नेपालमा पहिलो आईएसओ पाउने एसीसीए कलेज



काठमाडौं । सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए)ले आईएसओ सर्टिफिकेट पाएको छ।

नेपालमा एसीसीए पढाउने कलेजहरु मध्ये सीसीएले पहिलो पटक आईएसओ सर्टिफिकेट पाएको हो । कलेजको उत्कृष्ट शिक्षा, व्यावहारिक पठनपाठन तथा विद्यार्थीको उत्कृष्ट नतिजाका कारण सीसीएले आईएसओ ९००१ः२०१५ सर्टिफिकेट पाउने पहिलो एसीसीए कलेज बनेको कलेजका निर्देशक मनिष शर्माले बताए ।

शर्माले आफ्नो कलेजले उपयुक्त वातावरण र पूर्वाधारका साथ नेपालमा गुणस्तरीय एसीसीए शिक्षा प्रदान गर्दै आइरहेको दाबी गरे ।

आईएसओलाई विश्वभर मान्यता प्राप्त गुणस्तरीय मापदण्डको सूचक मानिन्छ ।

आईएसओ प्रक्रियाका लागि कलेजको सम्पूर्ण वातावरण, पूर्वाधार, शिक्षण विधि, विद्यार्थी सहयोग कक्ष र समग्र व्यवस्थापन सूचक राम्रो हुनुपर्छ ।

कलेजका निर्देशक शर्माले नेपालमा पहिलोपटक आईएसओ मान्यता पाउने कलेज बनेकाले सीसीए गुणस्तरीय शिक्षामा अब्बल रहेको प्रमाणित भएको बताए। उनले भने, ‘यो हासिलले हामी सबै कोणबाट उत्कृष्ट रहेको र शिक्षाको लागि अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको भन्ने उदाहरण हो।’

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ४ : ०८ बजे

नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

काभ्रेपलाञ्चोक । धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना

एकीकृत समाजवादीको कार्यालयमा समाजवादी मोर्चाको बैठक

काठमाडौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा एसको

साहित्यकार क्षेत्रीको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

चर्चित बसाईं उपन्यासका लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको

चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्ध