३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्याङ्खोलामा अस्तायो सञ्जिताको बेलायत फर्किने सपना



बागलुङ । सञ्जिता अधिकारी आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा थिइन । बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुख्र्यौली कर्मघर देखेकी थिइनन । बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहन्थिन् ।

दुर्भाग्य सञ्जिताले श्रीमान्को जन्मथलो त टेकिन। तर त्यो बाटो अब कहिल्यै फर्किने छैनन् । शनिबार बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा भएको जीप दुर्घटनामा चन्द्रागिरि नगरपालिका–५ काठमाडौंकी २८ वर्षीया सञ्जिताले ज्यान गुमाइन । दुर्घटनामा उनको परिवारका सबै सदस्य घाइते भएका छन् ।

ढोरपाटन नगरपालिका–४ छोरेगाउँका दीपक गैरे र चन्द्रागिरि नगरपालिका–५ सतुङ्गलकी सञ्जिता अधिकारी दुई वर्षअघि विवाह भएपछि बेलायत लागिन । दीपक पहिलेदेखि नै बेलायत बस्थे । बिहेपछि दीपकले सञ्जितालाई जन्मघर ल्याएनन् । काठमाडौंमै बिहे भयो । उतैबाट बेलायत लगे ।

बेलायतको दुई वर्षको बसाइपछि यही पुस ६ गते गते उनीहरू नेपाल आए । करिब सात वर्ष पहिलादेखि काठमाडौं बस्दै आएका दीपकको जन्मस्थान घुमेरमात्रै बेलायत जाने रहर सञ्जितालाई थियो । लमजुङको पहाडघर छाडेर काठमाडौं बस्दै आएकी सञ्जिताको रहरअनुसार दीपक र उनको परिवार पुस २६ गते जन्मगाउँ छोरेगाउँ पुगे । “घर जाने कर गरेकै उसैले हो, उसैले छाडेर गई”, दुर्घटनामा घाइते भएकी सञ्जिताकी जेठानी मनकुमारी गैरेले भनिन् ।

सञ्जिताको रहरअनुसार नै दीपकको परिवार काठमाडौंबाट छोरेगाउँ आएको बताउँछिन् मनकुमारी । गत पुस २६ गते साँझ उनहरू गाउँ पुगरेका थिए। पुस २७ गते जेठो दाजु विवराज गैरेसँग दीपक, सञ्जिता र उनको परिवारले सात वर्षअघि छाडेर काठमाडौं पुगेको छोरेगाँउ घुमे । सञ्जितालाई बाल्यकालको रमाइलो सुनाउँदै २८ पुसमा ढोरपाटन घुम्ने योजना बनाएका दीपक दुर्घटनामा गम्भीर घाइते छन् ।

सालझण्डी–ढोरपाटन सडकखण्डअन्तर्गत शनिबार बिहान ढोरपाटनतर्फ गइरहेको ध१ज १९ नम्बरको जीप ढोरपाटन नगरपालिका–५ प्याङ्खोला अस्तुमा दुर्घटना भयो । जहाँ श्रीमानको गाउँ घुमेर माघ ६ गते बेलायत जाने योजनामा रहेकी सञ्जितासँगै सवारी चालक ढोरपाटन–४ खुङ्गाका तिलक घर्तीको समेत ज्यान गयो । सग्लो परिवार सवार जीप सडकमा पल्टेपछि परिवारका सदस्य गम्भीर घाइते छन् । घर घुमाउन श्रीमती र परिवार लिएर आएका दीपकलाई उपचारका लागि हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

मृतक सञ्जिताका श्रीमान् दीपक, उनका आफन्त विवराज, जोगनारायण गैरे र उहाँकी श्रीमती निरुता गैरे, छोरी कल्पना गैरे, कृष्ण गैरे र उनकी श्रीमती हिमा गैरे तथा मनकुमारी गैरे दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक दीपकबाबु केसीले बताए । घाइते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो । थप उपचारका लागि उनीहरुलाई हेलिकप्टरमा मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ । मनकुमारीका अनुसार गैरे परिवारले ढोरपाटन घुम्नकै लागि जीप रिजर्भ गरेका थिए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक केसीले बताए ।

रासस

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ११ : १२ बजे

चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालनमा

काठमाडौँ । सरकारले आमउपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध

जोमसोममा बसपार्क सञ्चालन

म्याग्दी । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको आज

प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौँ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिश

समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सिर्जना गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ