११ मंसिर २०८१, मंगलबार | November 27, 2024

कोइला खानी दुर्घटनामा मध्य चीनमा १० जनाको मृत्यु, ६ बेपत्ता



झेङझोउ । मध्य चीनको हेनान प्रान्तको पिङडिङसान शहरस्थित कोइला खानीमा शुक्रबार दिउँसो भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य छ जना बेपत्ता रहेको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

दुर्घटना दिउँसो २ः५५ बजे भएको थियो । पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा शुक्रबार कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दुर्घटना हुँदा जम्मा ४२५ जना कामदारहरू काम गरिरहेको जानकारीमा आएको छ । ती मध्ये फसेका ३८० जनालाई खानीबाट बाहिर निकालिएको थियो । बाँकी कामदार सबै सकुशल रहेको बताइएको छ । कोइला खानी सञ्चालकहरूलाई सार्वजनिक सुरक्षा अधिकारीहरूले हिरासतमा राखेका छन् ।

आपतकालीन व्यवस्थापन मन्त्रालयबाट खटिएका कार्यदल शनिबार बिहान घटनास्थल पुगेको थियो । मन्त्रालयले मृतक र बेपत्ता व्यक्तिको सङ्ख्या एकिन गर्न, खोज तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न तथा थप जोखिम रोक्न र दुर्घटनाको कारण यथाशीघ्र पत्ता लगाउन पहल गर्न आग्रह गरेको छ ।

उद्धार कार्य अझै जारी छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ७ : ४० बजे

लुम्बिनी प्रदेशसभा सदस्य चौधरीलाई बाँके एमालेको कारवाही, सदस्यता निलम्बनमा

नेपालगन्ज । नेकपा (एमाले) बाँकेले पार्टी अनुशासनविपरीत काम गरेको भन्दै

अदालतको अवहेलनासम्बन्धी निवेदनमा थप विवरण मगाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताविरूद्ध दायर

एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिष्ट पार्टीको टोलीले नेपाल

बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

काठमाडौं । काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटलसाइकल दुर्घटना हुँदा

नेपालगन्जमा सडकमा फोहर फाल्ने विरुद्ध शून्य सहनशिलता

नेपालगन्ज । नेपालगन्जमा जथाभावी सडकमा फोहोर फाल्नेलाई उपमहानगरपालिकाले कारबाही गर्न