२ मंसिर २०८१, आइतबार | November 17, 2024

बाँके जिल्ला स्तरीय मेयर कपको तयारी तिब्र



नेपालगन्ज । जिल्ला स्तरीय मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता–२०८० को तयारी तिव्र पारिएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगितालाई सफलता पुर्वक सम्पन्न गर्नको लागि आइतबार विभिन्न उप–समिति गठन गरिएको छ ।

प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन उप–समितिको भुमिका महत्वपुर्ण रहने बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक निर्मल चन्दले बताए ।

नेपालगन्जमा आगामी माघ ६ देखि १४ गते सम्म हुने प्रतियोगिताको लागि गठन गरिएको उप–समिति अन्तर्गत सचिवालय संयोजकमा कमल खत्री, सदस्यमा घनश्याम थापा, प्राविधिक संयोजकमा प्रशिक्षक सानु तामाङ, सदस्यमा रबिन्द्र कुमार श्रेष्ठ, दिपु राना,प्रचार प्रसार संयोजकमा अनिल केसी, सदस्यमा जी. थापा, कुमार श्रेष्ठ, सौरभ रानालाई जिम्मेवारी दिइएको छ ।

यसैगरी पालिकास्तरमा समन्वय गर्नको लागि खजुरा गाउँपालिका संयोजकमा टोपेन्द्र खत्री संयोजक, सदस्यमा हरि प्रकाश विक, छविलाल विष्ट र भागवीर सुनार रहेका छन् ।

नेपालगन्ज उप–महानगरपालिका र जानकी गाउँपालिका संयोजकमा भीम जंग शाह, सदस्यमा भद्र सिंह थापा, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका संयोजकमा युवराज शाही, सदस्यहरुमा भोज बहादुर शाही र सिद्धार्थ खत्री रहेका छन् । डुडुवा, राप्तीसोनारी र नरैनापुर समन्वय उप–समितिमा पल सिंह खत्री संयोजक, सदस्यमा शंकर परियार, खड्क खत्री, कमल केसी रहेका छन् ।

प्रतियोगिताको समारोह उप–समिति संयोजकमा ओम प्रकाश केसी, सदस्यमा बासु भण्डारी, नागिन श्रेष्ठ रहेका छन् । अनुशासन उप–समिति संयोजकमा गोवद्र्धन सिंह सम्झना, सदस्यमा गोबिन्द्र प्रसाद श्रेष्ठ, निजामुद्दिन सिद्धिकीलाई जिम्मेवारी दिइएको छ ।

स्वास्थ्य उप–समिति संयोजकमा दिपेन्द्र घले, सदस्यहरुमा तरिन्द्र बहादुर थापा, इन्द्र बहादुर राना रहेका छन् ।

प्रतियोगिता माघ ६ देखि १४ गते सम्म नेपालगन्जमा हुनेछ । बाँके जिल्लामा रहेका ८ वटा स्थानीय तहमा रहेका विद्यालयहरुको छात्र÷छात्रा टिमहरुले सहभागिता जनाउने प्रतियोगिता आयोजना गर्न नेपालगन्ज उप–महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । प्रतियोगितामा करिब ४० विद्यालयहरुको सहभागिता रहने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष चन्दले बताए ।

बाँके जिल्ला फुटलल संघले विगतका वर्षमा मेयर कप जिल्ला स्तरीय छात्र–छात्रा प्रतियोगिता आयोजना गदैं आएको भएपनि कोभिड–१९ का कारण दुई वर्ष प्रतियोगिता हुन सकेको थिएन् । माघको ६ गतेबाट सुरु हुने प्रतियोगिताले विद्यालय स्तरबाट फुटबल खेलाडी उत्पादनमा सहयोग गर्ने अखिल नेपाल फुटलब संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल टे«निङ सेन्टरमा प्रतियोगिताका खेलहरु हुनेछ । प्रतियोगिताको विजेता टिमले २१ हजार, उपविजेताले ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने संघले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ९ : २३ बजे

कालिकाद्धारा छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थी सम्मान

बुटवल । बुटवल उपमहानगर पालिका वडा नम्बर १० मा अवस्थित

पूर्वसभामुख ढुङ्गानाको निधनमा राष्ट्रपति पौडेलद्वारा दु:ख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा दुःख

पूर्वसभामुख ढुङ्गानाको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति

हुस्सु र कुहिरोले हवाई उडान प्रभावित

काठमाडौं । बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा

पूर्व सभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ ।