२० पुस २०८१, शनिबार | January 4, 2025

भन्सार घेराउका क्रममा आम जनता पार्टीका सात नेता कार्यकर्ता पक्राउ, एक जना घाइते



काठमाडौं । भन्सार विभाग घेराउका क्रममा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का सातजना नेता कार्यकर्ता पक्राउ परेका छन् । यस्तै प्रहरीको धरपकडमा एकजना घाइते भएका हुन् ।

भन्सार कानूनमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधान हटाउन माग गर्दै आजपाले लगातार भन्सार विभाग घेराउ गर्दै आएको छ ।

सोही क्रममा बुधबार विभाग घेराउ गर्न पुगेका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । आजपाका अध्यक्ष प्रभु साहले भन्सार घेराउका क्रममा प्रहरीको धरपकड गर्दा तिलक थापा मगर, रञ्जु साह, आर्या पाण्डे, रुपेश दास, कनम सिंह, विकेश साह र पासाङ तामाङ पक्राउ परेका बताए । पक्राउ परेको मध्ये रञ्जु घाइते छिन् । उनको खुट्टामा चोट लागेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

भन्सार कानुनमा रहेको ४५ प्रतिशत कमिसनको व्यवस्था खारेजीको माग गर्दै आजपाले झण्डै तीन सातायता दोस्रो चरणको आन्दोलन गर्दै आएको छ । आम सम्पर्क मञ्चको अगुवाइमा भन्सार विभाग घेराउ गर्दै आएको आजपाले सरकारले मागको सुनुवाइ नगरेको प्रति आक्रोश पोख्दै आएको छ ।

आम नेपाली जनताको जीवनसँग जोडिएको सवालको तत्काल सुनुवाइ नभए  थप कडा आन्दोलन गर्ने आजपाले बताएको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ४ : ०८ बजे

चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन

ढोरपाटन । चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ

रोटरी क्लब तिनाउ बुटवलको नवौं स्थापना दिवस : आँखा जाँच शिविर सम्पन्न

बुटवल । तिलोत्तमा ३ सिमानगरमा रहेको सगरमाथा आधारभुत विद्यालयमा शुक्रबार

कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल बढ्यो

काठमाडौं । आर्थिक विकासमा कमजोर अवस्थामा रहेको कर्णाली प्रदेशको आर्थिक

तिलोत्तमा मेयर कप टी-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधी वडा नम्बर १३ लाई

तिलोत्तमा । तिलोत्तमास्तरिय मेयर कप टी-२० क्रिकेटको उपाधि वडा नम्बर

प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश

मकवानपुर । बागमती प्रदेश सरकारले आफ्नो सीमा प्रवेश गर्ने नाकामा