६ आश्विन २०८१, आइतबार | September 22, 2024

भन्सार छलि गरेर ल्याइएको आठ लाख बराबरको मोबाइल बरामद



रौतहट ।  प्रहरीले आठ लाखको अबैध मोबाइल फोन बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मंगलबार साँझ चन्द्रनिगाहपुर गौर सडक खण्डमा चेकचाँजका क्रममा यात्रुबाहक बसको डिक्कीबाट अवैध रुपमा भन्सार छली गरेर ल्याउदै गरेको मोबाइलहरु बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले चन्द्रनिगाहपुर गौर सडक खण्डको चन्द्रपुर नगरपालिका वडा नं.५ तल्लोबजारमा सवारी चेकजाँच गर्ने क्रममा गौरतर्फबाट चन्द्रनिगाहपुरतर्फ आएको यात्रु वाहक बसको डिक्कीमा रहेको ३ ओटा बोरामा ल्याईदै गरेको ३ सय ८७ थान मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एलिजा गिरीले जानकारी दिएकी छिन् ।

आठ लाख अठार हजार नौ सय छ रुपैया बराबरको मोबाइल आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा दाखिला गरिएको गिरीले जानकारी दिएकी छिन् ।

 

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १० : १५ बजे

नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार

काठमाडौं । नेप्सेमा आज ११ अङ्कको वृद्धि भएको छ ।

‘भविष्यका लागि शिखर सम्मेलन’ का लागि विश्वका नेता न्यूयोर्कमा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले द्वन्द्वदेखि जलवायुसम्मका २१ औं शताब्दीका

मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ

अस्लेवा तराई सम्पर्क समाज गठन

बुटवल । अस्लेवा तराई सम्पर्क समाज गठन भएको छ ।

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बागलुङ । प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत