२८ मंसिर २०८२, आइतबार | December 15, 2025

ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु



बाजुरा । मार्तडीघटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२ खडीगाडमा आज बेलुकी ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

बडीमालिका नगरपालिका–२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका–१ बस्ने ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका–६ बस्ने ३० वर्षीय ट्याक्टर चालक हिक्मत रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले जानकारी दिए ।

मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको लु ४ त ७३०५ र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टरले एकअर्कालाई उछिन्न खोज्दा दुबै ट्याक्टर दुर्घटना भएको नायब उपरीक्षक बोहराले बताए । लु ४ त ७३०५ नम्बरको ट्याक्टर सडकको माथि पट्टी दुर्घटना भएको र सुपप्र ०१००२ त ४१०५ ट्याक्टर खडीगाड खोलामा खसेको थियो ।

लु ४ त ७३०५ ट्याक्टर दुर्घटना भए पनि त्यसमा सवार मानवीय क्षति नभएको र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टर चालकसहित चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहराको भनाइ छ ।

सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी निरीक्षक किशोरसिं ऐरी नेतृत्वको टोली खटिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहरा बताए । मृतकको सनखात गरेर जिल्ला अस्पताल बाजुरामा ल्याउन लागिएको प्रहरीले बताएको छ । दुईवटै ट्याक्टरमा चार/चार सवार रहेका थिए ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ७ : ४३ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर