२३ भदौ २०८१, आइतबार | September 8, 2024

सशस्त्रको घेरा तोडेर दुई राँगा गायव



नेपालगन्ज । प्रहरीले बरामद गरेर भन्सारमा बुझाएको ४ वटा राँगा मध्य २ वटा राँगा सशस्त्र प्रहरीको पहराकोबीचबाट गायव भएको छ । नेपाल प्रहरीले डुडुवा गाउँपालिका ६ मुन्सिपुर्वाबाट नियन्त्रणमा लिएर नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको चार मध्ये दुई वटा राँगा शनिवार राती सशस्त्र प्रहरी वल भन्सार सुरक्षा कार्यालयको गेटबाट गायव भएको हो ।

भारतबाट अवैधरुपमा भित्र्याएका ४ वटा राँगा बाँके प्रहरीले बरामद गरेर भन्सारमा बुझाएको थियो । प्रहरीले राँगा बरामद गर्दा राँगा तस्करीमा संलग्न भएकाहरु फरार भएको भन्दै राँगालाई भन्सार सुरक्षामा खटिएको सशस्त्र प्रहरीको जिम्मा लगाएको थियो । भन्सार गराउन पठाएको चार मध्ये दुई वटा राँगा भन्सार कार्यालय भित्र रहेको सशस्त्र प्रहरीको कार्यालय गेटबाटै गायव भएका हुन् ।

सशस्त्रको सुरक्षामा रहेको राँगा रातारात गायव भएपछि यसमा सशस्त्र प्रहरीको मिलेमतो रहेको हुन सक्ने आंकलन गरिएको छ ।

गेटमा बाँधिएको राँगा गायव भएपछि अहिले सीसी क्यामेराको फुटेज हेर्ने काम भइरहेको सशस्त्रका एक अधिकारीले बताए । भन्सार छलेर नेपाल भित्राइएका समानहरु यसअघि भन्सारमा बुझाइएपनि सशस्त्रले भन्सार दाखिला नगरि मिलोमतोमा छाड्ने गरेको चर्चा चलिरहेकाबेला सिङ्गो राँगा नै सशस्त्रको पहराभित्रबाट गायव भएपछि भन्सार सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टिम विवादमा तानिएको छ ।

विगत केही सम्यदेखि नै भारतबाट सस्तोमा ल्याएर तस्करले राँगालाई नेपालमा महंगोमा विक्रि गर्दै आएका छन् । सशस्त्र प्रहरीको मिलेमतोमा भित्रिएका ति राँगा झण्डै एक लाख ४० हजार मुल्यको रहेको बताइएको छ ।

सशस्त्र प्रहरीले प्रहरी आएको सूचना दिएकै कारण तस्कहहरु भाग्न सफल भएको प्रहरी स्रोतले दाबी गरेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १ : ४० बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर