२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिने



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालगन्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गर्ने घोषणा गरेका छन् । अस्पतालको निरीक्षण गर्न आज अस्पताल पुगेका मुख्यमन्त्री चौधरीले अस्पतालको शैया थप सहित स्तरउन्नती गर्ने घोषणा गरेका हुन् ।

उनले अस्पतालको सेवा सुविधालाई अझैं चुस्तदुरुस्त बनाएर बिरामीलाई सहज तरिकाले सेवा प्रवाह गर्नका लागि यसै आर्थिक वर्षमा नै थप ३५ शय्या थप गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । ।

उक्त अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) डा. अमिनकुमार श्रेष्ठले अस्पतालको गतिविधि र समस्याका बारेमा जानकारी गराएका थिए । उनले अस्पतालमा पूर्वाधार र जनशक्ति अभावले समस्या रहेको गुनासो गरे ।

लुम्बिनी प्रदेश मात्र नभएर कर्णाली र सुदूरपश्चिमका प्रहरी कर्मचारी, प्रहरी परिवार र पूर्व प्रहरी तथा उनका परिवारका बिरामीलाई सेवा दिँदै आएको जानकारी दिए । उक्त अस्पताललाई तत्कालका लागि ५० शैयाको बनाउनुपर्ने माग गरे ।

डा. श्रेष्ठले ४२ बेडको अस्पतालको नयाँ भवन निर्माणाधीन अवस्थामा रहेको र भवन निर्माण कार्य पूरा हुने बित्तिकै ५० शैयाको अनुमति दिनुपर्ने माग गरे । अस्पताललाई सर्वसाधारणका लागि समेत सञ्चालन गर्ने गरी त्यहाँ रहेको करिव ४ बिघा क्षेत्रफलमा अस्पतालको स्तरोन्नती गर्नका लागि गुरुयोजना तयार गरिएको बताए ।

उक्त अस्पतालले २४ सै घण्टा आपत्कालिन सेवा, जनरल मेडिसिन, हाडजोर्नी उपचार, इन्टरनल मेडिसिन, कलेजो रोगको उपचार, नाक कान घाँटी उपचार, दाँतको विशेषज्ञ उपचारसहित सामान्य शल्यक्रिया, प्रयोगशाला, एक्सरे र फिजियोथेरापी सेवा प्रदान गर्दै आएको छ ।

यस्तै अस्पतालले छाला रोग, स्त्री रोग, सर्जरी र मानसिक रोगको उपचारका लागि आंशिक रुपमा सेवा दिँदै आएको जनाएको छ ।

सो अवसरमा निर्देशक डा श्रेष्ठले अस्पतामा आवश्यक भौतिक संरचनाका साथै निर्माणाधीन भवनको बारेमा पनि जानकारी गराएका थिए । विसं २०५५ मा स्थापना भएको उक्त अस्पतालले लुम्बिनी मात्र नभइ कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई समेत सेवा दिँदै आइरहेको छ । प्रदेश अन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरुका परिवार र भूपू प्रहरीलाई समेत लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आएको उनले बताए ।

निर्देशक डा श्रेष्ठले प्रदेश प्रहरी अस्पताललाई तीनवटै प्रदेशको स्वास्थ्य उपचारको ‘हब’ बनाउने योजना रहेको जानकारी दिए ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : ५७ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको