३० चैत्र २०८१, शनिबार | April 12, 2025

अनुमतिबिना ११ लाख बालबालिकाको तथ्याङ्क संकलन गरेको आरोपमा फेसबुकविरुद्ध मुद्दा



काठमाडौं । अभिभावकको स्वीकृतिबिना १३ वर्षमुनिका ११ लाख बालबालिकाको तथ्याङ्क संकलन गरेको आरोपमा फेसबुक सञ्चालकविरुद्ध उजुरी गरिएको छ ।

न्यूयोर्क टाइम्समा प्रकाशित खबरअनुसार ३३ अमेरिकी राज्यका महान्यायाधिवक्ताहरूको समूहले संघीय अदालतमा फेसबुक संचालक संस्था मेटा इन्कमाथि मुद्दा दायर गरेको हो ।

महान्यायाधिवक्ताहरूले मुद्दामा मेटाले सन् २०१९ देखि गोप्य रूपमा १३ वर्ष मुनिका बालबालिकाको डाटा सङ्कलन गरिरहेको आरोप लगाएका छन् ।

विगत ४ वर्षदेखि मेटाले करिब ११ लाख बालबालिकाको स्थान, इमेल, च्याट, फोटो र अन्य जानकारी सङ्कलन गरी बजारमा आफ्नो फाइदामा प्रयोग गरेको मुद्दामा जिकिर गरिएको छ ।

उजुरीमा लाखौं किशोर किशोरीको व्यक्तिगत विवरण मेटाका लागि ‘ओपन सेक्रेट’ जस्तै भएको पनि उल्लेख गरिएको छ।

महान्यायाधिवक्ताहरूको समूहले उजुरीमा मेटाले गोपनीयता कानुनको उल्लङ्घन गरेको आरोप आरोप लगाएको छ । यो आरोप प्रमाणित भएमा मेटाले लाखौं डलर वा सोभन्दा बढी जरिवाना तिर्नुपर्ने हुनसक्ने कानुनका ज्ञाताहरुले बताएका छन् ।

मार्क जुकरबर्गको स्वामित्वमा रहेको यस कम्पनी विरुद्ध गत महिना क्यालिफोर्निया, न्यूयोर्क, कोलोराडो जस्ता राज्यहरूले क्यालिफोर्नियाको उत्तरी जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

उजुरीमा मेटाले नियतवश यस्ता सुविधाहरू सिर्जना गरेको तथा जसले बालबालिकाहरूमा लाइकको लत लाग्ने आरोप पनि लगाइएको छ ।

फेसबुक कम्पनीको संचालक मेटाले भने आफ्नो प्लेटफर्म सुरक्षित रहेको दाबी गर्दै उजुरीमा उठाइएको आरोपको खण्डन गरेको छ । ती राज्यहरूले अदालतको बाटो रोज्नु निराशाजनक रहेको मेटाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १० : ४८ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको