१२ मंसिर २०८१, बुधबार | November 27, 2024

भारतमा ट्रक पल्टिदा ६ जनाको मृत्यु



नयाँदिल्ली । ओडिशाको मलकान गिरी जिल्लामा सिमेन्टले भरिएको ट्रक पल्टिँदा कम्तीमा ६ मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

यो घटना शनिबार भएको प्रहरीले जनाएको छ । मुख्यमन्त्री नवीन पटनायकले दुर्घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले घाइतेहरुको निःशुल्क उपचार गर्न र उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

ट्रक चित्रकोन्डाबाट जोदम्बा तर्फ जाँदै गर्दा स्वाभिमान आँचल क्षेत्रको हन्तलागुडा घाटमा दुर्घटना भएको एक वरिष्ठ अधिकारीले बताए । त्यसपछि प्रहरी र स्थानीयले सिमेन्टको बोरामुनि पुरिएका पाँच मजदुरको शव र घाइतेलाई निकालेर अस्पताल पुर्याएका थिए ।

पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अर्का एक घाइतेको अस्पतालमा मृत्यु भयो। घाइते कामदारहरूलाई जोडम्बाको नजिकैको सरकारी अस्पताल लगियो र पछि चित्रकोंडा लगिएको थियो ।

जानकारीका अनुसार मृतक सबै छिमेकी नबरङपुर जिल्लाको कोसागुमुडा क्षेत्रका बासिन्दा हुन् । नवरङपुरका सांसद रमेश माझीले अस्पताल पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ८ : ५६ बजे

चलचित्रमा फर्किएका पुराना अभिनेत्री

काठमाडौं । अभिनयबाट टाढा रहेका अभिनेत्रीहरू यस वर्ष पुनः चलचित्र

संविधानको मुलभूत विषयमा संशोधन गर्न नसक्ने : महामन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको

रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने

भैरहवा । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका

धरहराबाट उपत्यका नियाल्ने रहर

काठमाडौं । काठमाडौंमा पढ्दै गरेकी छोरी भेट्न जुम्लाबाट आएका दर्शन

उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तत्काल उद्योगहरूको बिजुली नकाट्ने भएको छ