२९ मंसिर २०८२, सोमबार | December 16, 2025

बाँकेमा सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर



नेपालगन्ज । नेपाली सेनाले बाँकेमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा–९ ढकेरीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा स्थानीय छ सय १७ जनाले स्वास्थ्य जाँच गराएको नेपाली सेनाले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिकाको आयोजना, एचसिआरसी अस्पतालको सहयोग र बाँके राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको समन्वयमा सञ्चालित शिविरमा आज स्थानीयहरु उत्साहजनकरुपमा स्वास्थ्यजाँच गराएका छन् ।

श्री नंं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति सहायक रथी प्रकाश थापाद्वारा अनुगमन गरिएको उक्त शिविरमा ओभरीस्थित अर्जुनबाण गणका गणपति एवं नेपाली सेनाका सेनानी अशोक खड्काले सहरी क्षेत्रको अस्पताल र चिकित्सकसँग सहज पहुँच नभएका स्थानीयलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए ।

“सहरसम्म पुगेर, महँगो अस्पतालमा पैसा खर्च गरेर, सामान्य स्वास्थ्य जाँच गराउनका लागि सबैले नसकिरहेको अवस्थामा हामीले यो शिविर गाउँपालिकासँग समन्वय गरेर सञ्चालन गरेका हौँ”, गणपति खड्काले भने। उनले एकदिने शिविरमा स्वास्थ्य जाँच गराउन पाएकामा यहाँका स्थानीय बिरामी खुसी भएको बताए ।

मध्यवर्ती क्षेत्रका स्थानीय र सेनाबीचको सम्बन्ध विस्तारका लागि उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताए । मेडिकल कलेजका अन्य डाक्टरसँगै सेनाका विशषज्ञ डाक्टरद्वारा स्थानीयको स्वास्थ्य जाँच गराउँदा त्यसको विश्वसनीयता बढ्ने भएकाले सेनासँग समन्वय गरिएको उनको भनाइ छ ।

गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत सुरेशकुमार शर्माले सबैभन्दा बढी नाक, कान र घाँटी र स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको बताए । नाक, कान र घाँटीका दुई सय ६० र स्त्रीरोगसम्बन्धी एक सय १२ जनाको स्वास्थ्य जाँच गरिएको थियो । त्यसैगरी दुई सय ५० जनाले सामान्य स्वास्थ्य जाँच गराएका छन् भने हाडजोर्नी तथा नशाका दुई सय ४८ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । त्यसैगरी मुटुरोगसम्बन्धी ८०, छालारोगसम्बन्धी ६२, रगत जाँच ३२ र मुटुको धड्कन (इसिजी) ४५ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

शिविरमा कोहलपुर मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज र आर्मी अस्पताल नेपालगञ्ज र राप्तीसोनारी गाउँपालिकाका एक चिकित्सक गरी नौ चिकित्सकले सेवा दिएको एचसिआरसी अस्पताल नेपालगन्ज बाँकेका रमेश सिटौलाले बताए । उनका अनुसार एक जना बिरामीको एकैपटक तीनदेखि चारवटासम्म स्वास्थ्य जाँच गरिएको थियो ।

शिविरमा नेपाली सेनाका तर्फबाट हाडजोर्नीका डा अमिररत्न शाक्य, सामान्य स्वास्थ्य जाँचका डा सुरेश कायस्थ र नाक, कान घाँटीको डा कविर बाँस्तोलाले बिरामीको स्वास्थ्य जाँच गरेका थिए भने कोहलपुर मेडिकल कलेजबाट छालारोग विशेषज्ञ डा कमलजङ्ग शाही, मुटुरोग डा विपीन आर्चायले बिरामीको स्वास्थ्य जाँच गरेका थिए । महिलाको स्वास्थ्य जाँचका लागि महिला प्रसूति निःसन्तान विशषज्ञ डा मञ्जु विसी शाह, छालारोग डा आरके झाले स्वास्थ्य जाँच गरेका थिए । स्वास्थ्य शिविरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ९ : ३९ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको